बायर्नका बोटिङ लियोनमा

पेरिस, (खेलाडी)- जर्मन च्याम्पियन बायर्न म्युनिख छोडेका जेरोम बोटिङले स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत फ्रान्सेली लिग वानको टोली लियोनसँग दुई वर्षका लागि सम्झौता गरेका छन् । 

विश्वकप विजेता बोटिङ बायर्नसँगको सम्झौता सकिएपछि स्वतन्त्र भएका थिए । जसका कारण १० वर्ष बायर्नमा विताएका उनी स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत अन्यत्र जान पाएका हुन् । यसरी सरुवा हुने खेलाडीलाई भित्र्याएवापत क्लबले खेलाडीको पुरानो क्लबलाई सरुवा रकम तिर्नुपर्दैन । 

बायर्नका लागि १० वर्ष खेल्ने क्रममा बोटिङले जर्मन बुन्डेसलिगामा २ सय २९ खेल खेलेका थिए । यो समयमा उनीभन्दा बढि थोमस मुलर (३११), म्यानुअल नुयुर (२८२) र डेविड अलाबा (२७६) ले मात्र खेलेका छन् । 

लगातार नौं पटक घरेलु लिग जित्ने क्रममा जर्मनीको सबभन्दा सफल क्लबका लागि यी चार खेलाडीको भूमिका महत्वपूर्ण थियो । तर अलाबा रियाल मड्रिड प्रस्थान गरिसकेका छन् भने ह्यान्सी फ्लिकले मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिएपछि ३२ वर्षे बोटिङलाई पनि क्लबले स्वतन्त्र गरेको थियो ।