सन्जित आफैंले नसोचेको यात्रा

काठमाडौं । नेपाल सुपर लिग सिजन दुईको अक्सनमार्फत ललितपुर सिटी एफसीमा अनुबन्ध हुँदा रक्षक सन्जित राईले ‘पहिलो रोजाइबाट खेल्न पाउँला’ भनेर सोचेकै थिएनन् ।

टोलीमा मार्की खेलाडीको हैसियतमा कप्तान अनन्त तामाङ र सनिश श्रेष्ठजस्ता स्टार खेलाडीको उपस्थिति थियो । राष्ट्रिय टोलीबाट समेत अब्बल प्रदर्शन गर्दै आएका अनन्त र सनिशसँगै दोस्रो संस्करणको एनएसएलमा ललितपुरको रक्षापंक्ति सम्हाल्नु सन्जितका लागि सपनासरह थियो ।

रक्षक सन्जितले विजेता टोलीबाट १० वटै खेल पूरा समय मैदानमा बिताए । त्यसक्रममा अनुशासित रक्षकले एकमात्रै कार्डकाे सामना गरे । 

उनमा एउटा दृढ संकल्प भने थियो, ‘अवसर पाए क्षमता प्रणाणित गर्दै टोलीको उपाधि यात्राको लक्ष्यमा सारथि बन्छु ।’ 

तर, सुरुबाटै सन्जितको सपनाको यात्रा सुरु भयो । पहिलो खेलमा बुटबल लुम्बिनी एफसीविरुद्ध पहिलो रोजाइमा अवसर पाएपछि उनले पछाडि फर्केर हेर्नुपरेन । लगातार टोलीको पहिलो रोजाइमा परिरहे र आफ्नो क्षमता प्रमाणित गरिरहे ।

एनएसएल विजेता ललितपुर सिटी यस सिजन लिगमा सर्वाधिक खेल खेल्ने टोली बन्यो । जसले लिग चरणमा ८, पहिलो क्वालिफायर, इलिमिनेटर र फाइनल गरी कुल ११ खेल खेल्यो । रक्षक सन्जितले विजेता टोलीबाट ११ वटै खेल पूरा समय मैदानमा बिताए । त्यसक्रममा अनुशासित रक्षकले एकमात्रै कार्डकाे सामना गरे । 

‘मैले दुई सिजन हिमालयन शेर्पाबाट ‘ए’ डिभिजन लिग खेलेको थिएँ । म आफ्नो प्रदर्शनबाट सन्तुष्ट थिएँ तर अझै केही सुधार गर्नुपर्छ भन्ने लाग्थ्यो,’ सन्जितले भने, ‘ललितपुरमा अनुबन्ध भए पनि टोलीमा मौका पाउँछु भन्ने आससमेत गरेको थिइनँ ।’

एनएसएल दुईमा सन्जितले ‘सी’ श्रेणीमा नाम दर्ता गराएका थिए । जसको अधिकतम मूल्य एक लाख ३० हजार रुपैयाँ थियो । उनलाई खरिद गर्न चार क्लब (स्पोर्टिङ इलाम, झापा एफसी, ललितपुर सिटी र धनगढी एफसी) ले बोली लगाए । उनी गोलाप्रथामार्फत ललितपुरमा अनुबन्धित भएका हुन् ।

‘विदेशी प्रशिक्षक तथा आफूभन्दा राम्रा रक्षक टोलीमा भएका कारण पनि पहिलो रोजाइमा पर्छु भन्नेमा विश्वस्त थिइनँ । मैले हिमालयन शेर्पाबाट ए डिभिजन लिगमा सेन्टर ब्याकको रूपमा खेलेको थिएँ । ललितपुुुरमा अनन्त दाइको त्यो स्थान लिनु मेरा लागि कठिन थियो,’ सन्जितले भने, ‘प्रशिक्षण दौरान मेरो प्रदर्शनबाट प्रभावित भएर प्रशिक्षकले बुटबल लुम्बिनीविरुद्ध पहिलो रोजाइमा अवसर दिनुभयो ।’

रन्जित धिमाल विदेसिएपछि उनको स्थानमा प्रशिक्षक भिसेन्जो अल्बर्टाे एनिसले धेरै खेलाडीलाई प्रयोग गरे पनि अहिलेसम्म त्यो स्थानमा अब्बल खेलाडी भेट्टाउन सकेका छैनन् । संजित एनिसका लागि नयाँ विकल्प हुन सक्छन् ।

प्रशिक्षकले सधैं सेन्टर ब्याकमा खेल्दै आएका सन्जितलाई लेफ्ट ब्याकको फरक भूमिकामा जिम्मेवारी दिए । जुन उनका लागि सहज थिएन । तर कडा मिहिनेत र टोलीका सिनियर खेलाडी तथा प्रशिक्षकको राम्रो साथ पाउँदा उनले लेफ्ट ब्याकमा पनि उत्तिकै उम्दा प्रदर्शन गरे ।

एनएसएलको प्रदर्शनले सन्जितलाई नेपाली राष्ट्रिय टोलीबाट खेल्ने सपनाको संघारमा पुर्याएको छ । त्यसो त रन्जित धिमाल विदेसिएपछि उनको स्थानमा प्रशिक्षक भिसेन्जो अल्बर्टाे एनिसले धेरै खेलाडीलाई प्रयोग गरे पनि अहिलेसम्म त्यो स्थानमा अब्बल खेलाडी भेट्टाउन सकेका छैनन् । संजित एनिसका लागि नयाँ विकल्प हुन सक्छन् ।

सेन्टर ब्याकको आफ्नै पुरानो पोसिजनबाट राष्ट्रिय टोलीसम्म पुग्नेमा स्वयं सन्जित कमैमात्र आशावादी थिए । तर नयाँ भूमिकामा आफूलाई प्रमाणित गरेपछि भने देशको प्रतिनिधित्व गर्ने सपना पूरा हुनेमा उनले पनि आशा गर्न थालेका छन् ।

भन्छन्, ‘आशा छ एक दिन राष्ट्रिय टोलीबाट खेल्ने मेरो सपना पक्कै साकार हुनेछ । मेरो प्रदर्शनबारे प्रशिक्षक र अन्य खेलाडीले समेत राम्रो प्रतिक्रिया दिनुभएको छ । आगामी दिनमा प्रदर्शनमा थप सुधार ल्याउने छु ।’

दुई सिजनअघि ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पामा अनुबन्ध भएसँगै उनले पनि उच्च स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने मौका पाउन थाले ।

झापाका २३ वर्षे सन्जितले साथीभाइकै संगतमा फुटबल खेल्न थालेका थिए । स्थानीय क्लबबाट झापा ११ मा करिब ६–७ वर्ष आबद्ध रहेका सन्जितले त्यहाँबाट खेल्ने अवसर बिरलै मात्र पाए । उनी अधिकांश समय बेन्च प्लेयरको रूपमा सीमित थिए ।

झापा ११ ले मोफसलको प्रतियोगितावा ‘सी’ डिभिजन लिग छनोट खेल्दा उनी टोलीका नियमित सदस्य त थिए । तर, आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाएका थिएनन् ।

दुई सिजनअघि ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पामा अनुबन्ध भएसँगै उनले पनि उच्च स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने मौका पाउन थाले ।

‘पहिला विभिन्न प्रतियोगिता खेल्न देशका विभिन्न स्थानमा यात्रा गरिरहन्थें । तर फुटबल खेलर जीविकोपार्जन गर्न गाह्रो हुन्छ भन्दै घरमा आमाले गाली गर्नुहुन्थ्यो,’ सन्जित सम्झन्छन्, ‘शीर्ष डिभिजनको लिग खेल्न थालेपछि आमाले टेलिभिजनमा मलाई देख्न थाल्नुभयो । त्यसपछि भने घरपरिवारबाट फुटबल खेलेकामा गाली खान बन्द भयो । बरू अचेल त अझ राम्रो खेल्नू भन्दै मनोबल थपिदिनुहुन्छ ।’