फाल्गुन १, २०८१ बिहीबार | १६:०२:०९
दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा बराबरीमा सकियो मर्सिसाइड डर्बी दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा बराबरीमा सकियो मर्सिसाइड डर्बी
शनिबारको दिन एन्फा राष्ट्रिय महिला लिग २०८१

महिला लिग फुटबल हो चाहिँ के ?

काठमाडौं ।  अहिले चलिरहेको एन्फा राष्ट्रिय महिला लिग फुटबल हो चाहिँ के ? लिग ? कप ? कि फ्रेन्चाइज लिग ? अथवा अरू कुनै । यसमा ती सबै स्वरूपका केही न केही गुण छन् । त्यसैले प्राविधिक रूपमा असाध्यै धेरै विरोधासापूर्ण देखिन्छ ।  

जसरी यो प्रतियोगिता चलिरहेको छ । यो यस्तै हो भनेर भन्नै गाह्रो छ । किनभने जसरी यसको आयोजना भएको छ, त्यो आफैमा अन्योलपूर्ण छ । अझ यो प्रतियोगितालाई सरासर हेर्दा लाग्छ, यो एउटा प्रतियोगिता होइन, बरू तीनवटा प्रतियोगिता हो ।

तर, आयोजना सकिएको भने एउटै छैन । प्रतियोगितालाई लम्ब्याउने नाममा भएको यो एउटा गलत अभ्यास भएको छ । सबैभन्दा पहिले, राम्रोलाई राम्रो नै भनौं, यसपल्ट महिला लिगले लामो समय पाएको छ, धेरै खेल भए ।

वैशाखमा सुर्खेतमा महिला लिग छनोट भएको थियो । त्यसमा सात टिम थिए, एक आपसमा ६ चरणमा खेले । यस्तोमा २१ खेल भए । कोशी र सुदूरपश्चिम शीर्ष दुई स्थानमा रहे । सहभागी अरू टिम थिए कर्णाली, मधेश, गण्डकी, लुम्बिनी र बागमती ।

प्रायः महिला फुटबलमा गुनासो हुन्थ्यो, खेलाडीले खेल्नै पाएन । प्रतियोगिता आकलझुक्कल हुन त हुन्थ्यो, तर नाम मात्रको हुन्थ्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई महिलाको प्रतियोगिता सुरु गरेपछि सकाउनै हतार हुन्थ्यो ।

पुलिस र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

यसपल्ट गजब नै भयो । वैशाखमै महिला फुटबल लिगको छनोट सुरु भयो । अहिले लिगकै दोस्रो चरण चलिरहेको छ । प्लेअफ त अझ बाँकी नै छ ।

मज्जाले दाबी गर्न सकिन्छ, वर्ष २०८१ मा जत्तिको महिला फुटबलको खेल कहिले पनि भएकै थिएन । यो त्यही वर्ष रह्यो, जतिबेला पुरुषतर्फ लिगका एकै खेल भएका छैनन्, त्यो भनेको माथिल्लो डिभिजनको ।

वैशाखमा सुर्खेतमा महिला लिग छनोट भएको थियो । त्यसमा सात टिम थिए, एक आपसमा ६ चरणमा खेले । यस्तोमा २१ खेल भए । कोशी र सुदूरपश्चिम शीर्ष दुई स्थानमा रहे । सहभागी अरू टिम थिए कर्णाली, मधेश, गण्डकी, लुम्बिनी र बागमती ।

त्यसपछि भदौमा महिला लिगको पहिलो चरण सुरु भएको थियो । त्यसमा १० टिम थिए । ती हुन् एपीएफ, आर्मी र पुलिस । सँगै वालिङ, कोशी, बागमती, संकटा, चन्द्रपुर, कर्णाली र सुदूरपश्चिम ।

फाइनल पुग्दैमा उपाधि जित्यो भनेर ढुक्क हुन सक्ने स्थिति हुन्न । यो त लिग खेलिरहेको एपिएफप्रति अन्याय नै भयो । यो त महिला लिगलाई राम्रो गर्न खोज्ने असली नियतको खराब परिणाम नै हो । विश्व फुटबलमा जसरी अहिले लिग चलिरहेको छ, त्यो नै सर्वमान्य हो ।

यसरी पहिलो चरणमा ४५ खेल भएको थियो । अहिले दोस्रो चरण चलिरहेको छ, केहीले यसलाई सुपर लिग पनि भनेका छन् । यसमा पाँच टिम छन्, तिनी तीन विभागीय टिम, अनि बागमती युवा र वालिङ नगरपालिका टिम ।अझ त यो दोहोरो राउन्ड रोबिनको आधारमा चल्यो, त्यस अर्थमा २० खेल हुनेछ । तर प्रतियोगिताले अहिलेसम्म च्याम्पियन टिम पाएको छैन । प्लेअफका चार खेल बाँकी नै छ ।

यस्तोमा यसपल्ट महिला फुटबलमा पर्याप्त खेल भए । अझ त्यो पनि एक दिन बिराएर खेल्नुपर्ने बाध्यता । केही पनि नभइरहेको महिला घरेलु लिगमा यति धेरै खेल हुनु राम्रो हो ।

वालिङविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै बागमतीका खेलाडी, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

लिगको ढाँचालाई लिएर मात्र प्रश्न हो । यो प्रतियोगिता ठ्याक्कै लिग हुन्थ्यो त एपिएफ क्लबले यसको उपाधि जितिसकेको अवस्था हुन्थ्यो । अझभन्दा उपाधिका लागि यो नै एकमात्र दाबेदार देखिएको छ । प्लेअफमा कुनै एक खेलमा उसका लागि खराब दिन रह्यो भने उपाधि उसको नहुन सक्छ । यो जोखिम छ । एपिएफलाई सबैभन्दा पहिले क्वालिफायर-१ काट्नुपर्यो, होइन भने इलिमिनेटर खेल्नुपर्ने डर पनि छ ।

विशेषज्ञ राखेर नेपालमा महिला फुटबल कसरी अगाडि बढाउनुपर्छ भनेर छलफल चलाउँदा पनि भयो । यति कुरा गर्दैगर्दा एन्फाले यसपल्ट महिला फुटबल यति धेरै लामो समय चलाएकोमा धन्यवाद भने भन्नैपर्छ ।

अझ फाइनल पुग्दैमा उपाधि जित्यो भनेर ढुक्क हुन सक्ने स्थिति हुन्न । यो त लिग खेलिरहेको एपिएफप्रति अन्याय नै भयो । यो त महिला लिगलाई राम्रो गर्न खोज्ने असली नियतको खराब परिणाम नै हो । विश्व फुटबलमा जसरी अहिले लिग चलिरहेको छ, त्यो नै सर्वमान्य हो । सयौं वर्षदेखि यसको स्वरूप परीक्षणबाट गुज्रिइसकेको छ । अहिले यो नै ठीक छ । त्यो भनेको सबैले सबैविरुद्ध खेल्ने । एकपल्ट वा दुईपल्ट ।

अन्त्यमा जो अगाडि रह्यो, जसले बढी अंक जित्यो त्यही विजेता । नेपाली महिला लिगका लागि सही स्वरूप पनि यही हो, अन्य हुन सक्दैन । धेरै खेल खेलाउन अन्य उपाय हुन सक्छन् ।

त्यो लिगको छनोटलाई दोस्रो डिभिजन भनेको भए ? अब हुने प्लेअफलाई अलग्गै प्रतियोगिता मानेर सुपर कपको जस्तो रूप दिन पाएको भए ? यी त सबै सम्भावना मात्रै हुन्, कुनै ठ्याक्कै उपाय भने होइन ।

एपिएफ र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

खास कुरा के भने एन्फाले अबको वर्षमा अहिले जसरी महिला फुटबल भएको छ, त्यसको आकार अझ बढाउनुपर्नेछ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्नेछ । विश्व फुटबलमा जुन सर्वमान्य ढाँचा छ, त्यसैलाई अगाडि बढाउनुपर्छ ।

विशेषज्ञ राखेर नेपालमा महिला फुटबल कसरी अगाडि बढाउनुपर्छ भनेर छलफल चलाउँदा पनि भयो । यति कुरा गर्दैगर्दा एन्फाले यसपल्ट महिला फुटबल यति धेरै लामो समय चलाएकोमा धन्यवाद भने भन्नैपर्छ ।