फाल्गुन १७, २०८२ आइतबार | १८:१४:४९
चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो
शनिबारको दिन जर्मनी-एडिडास

जर्मन फुटबलले किन गर्यो एडिडाससँग ‘पारपाचुके’ ?

काठमाडौं । जर्मनीमा अहिले यस्तो एउटा मुद्दा बहसको विषय भनेको छ, जसलाई बाहिरी दुनियाँले हेर्दा सामान्य लाग्न सक्छ । तर जर्मनी, जर्मन फुटबल र त्यहाँको खेल सामग्री र पोसाक बनाउने एडिडाससँग जोडिएका लागि भने यो साँच्चै ठूलो मुद्दा हो । यसमा अलिकति जर्मन राजनीति, अलिकति जर्मन फुटबल र त्योभन्दा धेरै जर्मन राष्ट्रियता जोडिएको छ ।

भन्ने गरिन्थ्यो, जर्मन राष्ट्रिय फुटबल टिम र एडिडास त्यस्तो विवाहित जोडी हो, जसको निर्णय स्वर्गमै भएको थियो । तर, अहिले तिनीहरूबीच पारपाचुके भएको छ ।

कुरा यसरी सुरु हुन्छ, भर्खरै जर्मन फुटबल संघले आफ्नो राष्ट्रिय टिमको आधिकारिक जर्सीका लागि अमेरिकी ब्रान्ड नाइकीसँग नयाँ अनुबन्ध गरेको छ ।

त्यसअनुसार नाइकीले जर्मन फुटबल संघलाई वर्षको १० करोड डलर दिनेछ । त्यसको अर्थ एडिडास अब जर्मन राष्ट्रिय टिम जर्सीको आधिकारिक पोसाक रहेन । यो निर्णय के बाहिरियो, पूरा जर्मनीमै सनसनी मच्चियो । आम जर्मनदेखि ठूलै राजनीतिज्ञहरूकै प्रश्न हो, यो कसरी सम्भव हुन्छ र ? आखिरमा एडिडास जर्मन राष्ट्रिय फुटबल टिमको आधिकारिक पोसाक रहेको अहिले होइन ।

यो त ५० वर्षभन्दा अगाडिदेखि हो । त्यो भनेको कसैले थाहा पाएदेखि । समग्र जर्मनीकै लागि एडिडास सबैभन्दा ठूलो ब्रान्ड त भयो नै । त्यसमाथि एडिडास जर्मनी देशकै प्रतिष्ठासँग पनि जोडिन्छ । भयो के त ? यसमा लुकेको तथ्य भनेको आर्थिक हो । अचेल विश्व फुटबलमा जर्मनीको त्यस्तो सान छैन, जस्तो पहिले थियो । पुरुष विश्वकपका पछिल्ला दुई संस्करणमा जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ ।

त्यसबीच कोरोना भाइरस संक्रमणको महामारीले खासै अन्तर्राष्ट्रिय फुटबल पनि भएन । भए जति खाली रंगशालामा भए । यसले जर्मन फुटबल संघलाई आर्थिक रूपमा गाह्रै बनाएको छ । अझ भनौं, जर्मन फुटबललाई अहिले धेरै पैसा चाहिएको छ र ठीक यही बेला नाइकीले वर्षको १० करोड डलरको प्रस्ताव ल्यायो ।

यसअघि एडिडासले त्यसको आधा जति पनि रकम दिइरहेको थिएन । अब के चाहियो र ? जर्मन फुटबल संघले आफ्नै देशको ब्रान्डभन्दा अमेरिकी ब्रान्ड रोज्यो, जुन आफैंमा प्रतिस्पर्धी मात्र होइन, शत्रु ब्रान्ड पनि हो । हुँदाहुँदै जर्मन सरकारले पनि यस विषयमा चासो व्यक्त गरेको छ । सम्भवतः नाइकीसँगको अनुबन्ध तोडिने छैन ।

बरू अहिले जर्मन फुटबल संघ आफ्नो निर्णयको बचाउमाथि बचाउ गर्न व्यस्त छ । जेहोस् अहिलेका लागि एउटा इतिहासको अध्यायमा पूर्णविराम लागेको छ । जर्मनीले जति पटक विश्वकप जित्यो, प्रत्येकमा एडिडासको कुनै न कुनै रूपमा योगदान थियो । जर्सीमा सानले एडिडासको लोगो हुन्थ्यो, अब यो इतिहासमात्रै भयो ।

तत्कालीन पश्चिम जर्मनीले सन् १९५४ को विश्वकप जित्दा एडिडासको एउटा आविष्कारले ठूलै भूमिका खेलेको थियो । त्यो विश्वकप स्विट्जरल्यान्डमा भएको थियो । यो वर्षाले प्रभावित रह्यो । त्यसैले एडिडासले जर्मन टिमका लागि भनेर स्कडसहितको बुट बनाएको थियो । त्यतिबेला यो नयाँ थियो र यसको सहयोगमा वर्षाका बेला पनि चिप्लो मैदानमा जर्मनीले राम्रो खेल्यो । अब यी भावनात्मक कुरामात्रै रहे ।