जर्मनी-एडिडास

जर्मन फुटबलले किन गर्यो एडिडाससँग ‘पारपाचुके’ ?

काठमाडौं । जर्मनीमा अहिले यस्तो एउटा मुद्दा बहसको विषय भनेको छ, जसलाई बाहिरी दुनियाँले हेर्दा सामान्य लाग्न सक्छ । तर जर्मनी, जर्मन फुटबल र त्यहाँको खेल सामग्री र पोसाक बनाउने एडिडाससँग जोडिएका लागि भने यो साँच्चै ठूलो मुद्दा हो । यसमा अलिकति जर्मन राजनीति, अलिकति जर्मन फुटबल र त्योभन्दा धेरै जर्मन राष्ट्रियता जोडिएको छ ।

भन्ने गरिन्थ्यो, जर्मन राष्ट्रिय फुटबल टिम र एडिडास त्यस्तो विवाहित जोडी हो, जसको निर्णय स्वर्गमै भएको थियो । तर, अहिले तिनीहरूबीच पारपाचुके भएको छ ।

कुरा यसरी सुरु हुन्छ, भर्खरै जर्मन फुटबल संघले आफ्नो राष्ट्रिय टिमको आधिकारिक जर्सीका लागि अमेरिकी ब्रान्ड नाइकीसँग नयाँ अनुबन्ध गरेको छ ।

त्यसअनुसार नाइकीले जर्मन फुटबल संघलाई वर्षको १० करोड डलर दिनेछ । त्यसको अर्थ एडिडास अब जर्मन राष्ट्रिय टिम जर्सीको आधिकारिक पोसाक रहेन । यो निर्णय के बाहिरियो, पूरा जर्मनीमै सनसनी मच्चियो । आम जर्मनदेखि ठूलै राजनीतिज्ञहरूकै प्रश्न हो, यो कसरी सम्भव हुन्छ र ? आखिरमा एडिडास जर्मन राष्ट्रिय फुटबल टिमको आधिकारिक पोसाक रहेको अहिले होइन ।

यो त ५० वर्षभन्दा अगाडिदेखि हो । त्यो भनेको कसैले थाहा पाएदेखि । समग्र जर्मनीकै लागि एडिडास सबैभन्दा ठूलो ब्रान्ड त भयो नै । त्यसमाथि एडिडास जर्मनी देशकै प्रतिष्ठासँग पनि जोडिन्छ । भयो के त ? यसमा लुकेको तथ्य भनेको आर्थिक हो । अचेल विश्व फुटबलमा जर्मनीको त्यस्तो सान छैन, जस्तो पहिले थियो । पुरुष विश्वकपका पछिल्ला दुई संस्करणमा जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ ।

त्यसबीच कोरोना भाइरस संक्रमणको महामारीले खासै अन्तर्राष्ट्रिय फुटबल पनि भएन । भए जति खाली रंगशालामा भए । यसले जर्मन फुटबल संघलाई आर्थिक रूपमा गाह्रै बनाएको छ । अझ भनौं, जर्मन फुटबललाई अहिले धेरै पैसा चाहिएको छ र ठीक यही बेला नाइकीले वर्षको १० करोड डलरको प्रस्ताव ल्यायो ।

यसअघि एडिडासले त्यसको आधा जति पनि रकम दिइरहेको थिएन । अब के चाहियो र ? जर्मन फुटबल संघले आफ्नै देशको ब्रान्डभन्दा अमेरिकी ब्रान्ड रोज्यो, जुन आफैंमा प्रतिस्पर्धी मात्र होइन, शत्रु ब्रान्ड पनि हो । हुँदाहुँदै जर्मन सरकारले पनि यस विषयमा चासो व्यक्त गरेको छ । सम्भवतः नाइकीसँगको अनुबन्ध तोडिने छैन ।

बरू अहिले जर्मन फुटबल संघ आफ्नो निर्णयको बचाउमाथि बचाउ गर्न व्यस्त छ । जेहोस् अहिलेका लागि एउटा इतिहासको अध्यायमा पूर्णविराम लागेको छ । जर्मनीले जति पटक विश्वकप जित्यो, प्रत्येकमा एडिडासको कुनै न कुनै रूपमा योगदान थियो । जर्सीमा सानले एडिडासको लोगो हुन्थ्यो, अब यो इतिहासमात्रै भयो ।

तत्कालीन पश्चिम जर्मनीले सन् १९५४ को विश्वकप जित्दा एडिडासको एउटा आविष्कारले ठूलै भूमिका खेलेको थियो । त्यो विश्वकप स्विट्जरल्यान्डमा भएको थियो । यो वर्षाले प्रभावित रह्यो । त्यसैले एडिडासले जर्मन टिमका लागि भनेर स्कडसहितको बुट बनाएको थियो । त्यतिबेला यो नयाँ थियो र यसको सहयोगमा वर्षाका बेला पनि चिप्लो मैदानमा जर्मनीले राम्रो खेल्यो । अब यी भावनात्मक कुरामात्रै रहे ।