नेपाली क्रिकेट

कस्तो रह्यो नेपाली क्रिकेटको अमेरिका भ्रमण ?

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका भ्रमणमा निस्किएको नेपालले सोचेअनुरुप नतिजा निकाल्न सकेन । घरेलु टिम अमेरिका र ओमानसम्मिलित शृंखलाका चारमध्ये नेपालले एक खेलमा जित निकाल्दा दुईमा हार बेहोरेको थियो । यसमध्ये एक खेल ‘टाइ’ हुँदा नेपालले शृंखलाको सम्भाव्य ८ अंकबाट ३ अंकमात्र टिमको खातामा ल्यायो ।

दुई ट्वान्टी–२० र दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलाका लागि दुई सातापछि क्यानडा जाने तयारीमा रहेको नेपाली टिमले त्यसपछि लिग २ अन्तर्गत शृंखला खेल्न स्कटल्यान्ड भ्रमण गर्ने तालिका छ ।

नतिजाका हिसाबले शृंखला नेपालका लागि खासै उपलब्धिमूलक नदेखिए पनि टिमको केही क्षेत्रमा भने राम्रो परिवर्तन देखियो । एकदिवसीय क्रिकेटमा नेपालका लागि सधैंजसो टाउको दुखाइ बन्ने ओपनिङको समस्या र पूरा ब्याटिङमा देखिएको कमजोरी शृंखला अघि बढ्दै जाँदा सुधारोन्मुख रह्यो ।

दुई ट्वान्टी–२० र दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलाका लागि दुई सातापछि क्यानडा जाने तयारीमा रहेको नेपाली टिमले त्यसपछि लिग २ अन्तर्गत शृंखला खेल्न स्कटल्यान्ड भ्रमण गर्ने तालिका छ ।

नेपालको नतिजा

शृंखलाको पहिलो खेलमा नेपाली टिम ओमानसँग १३ रनले पराजित भएको थियो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमै सीमित भएको थियो ।

यस्तै, नेपाल र अमेरिकाबीचको दोस्रो खेल ‘टाइ’ भयो । पहिलो खेलको तुलनामा ब्याटिङमा सुधारिएको प्रदर्शन गरेको नेपालले घरेलु टिमसामु २ सय ७४ रनको योगफल खडा गरेको थियो । कुनै समय ४३.४ ओभरमा ४ विकेट गुमाई २ सय ४३ रन बनाएपछि नेपालले ठूलो योगफल खडा गर्ने देखिएको थियो । त्यसपछि लगातार विकेट गुमाएपछि नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा समेटिएको थियो ।

चौथो खेलमा पुनः ब्याटिङमा डग्मगाएको नेपाल अमेरिकासँग ३९ रनले पराजित भयो । अमेरिकाले छाडेको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४७.४ ओभरमा २ सय ६ रनमा समेटिएको थियो ।

शृंखलामा पहिलो जित निकाल्ने क्रममा नेपालले तेस्रो खेलमा ओमानलाई ७ विकेटले हराएको थियो । ओमानले दिएको १ सय ६४ रनको मध्यम लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

चौथो खेलमा पुनः ब्याटिङमा डग्मगाएको नेपाल अमेरिकासँग ३९ रनले पराजित भयो । अमेरिकाले छाडेको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४७.४ ओभरमा २ सय ६ रनमा समेटिएको थियो ।

समग्रमा भन्नुपर्दा भ्रमणअघि शृंखलाका ४ खेलबाट ८ अंकलाई लक्ष्य बनाएको नेपालले नतिजामा भने ३ अंकमात्र जोड्न सक्यो ।

मध्यक्रममा आरिफ र देवले देखाएको आस

शृंखलाका चारमध्ये ३ खेलमा ब्याटिङका लागि उत्रिएका आरिफ शेखले यसमध्ये दुई खेलमा अर्धशतकीय इनिङ्ससहित १ सय ३८ रन जोडे । टिमको आवश्यकताअनुरुप सुझबुझपूर्ण ब्याटिङ गर्ने आरिफले पहिलो खेलमा ओमानविरुद्ध ६६ रन बनाएका थिए । दोस्रो खेलमा ८ रनमा आउट भएका आरिफ तेस्रो खेलमा ब्याटिङ गर्न मैदान उत्रनुपरेन ।

भर्खरै मात्र राष्ट्रिय टिममा ‘डेब्यु’ गरेका देव खनालले पनि शृंखलाबाट नेपाली ब्याटिङमा केही आस जगाए । शृंखलाका चारै खेलमा ब्याटिङका लागि तेस्रो नम्बरमा आएका देवले चार इनिङ्समा १ सय ३२ रन बनाए । यसक्रममा उनले एक अर्धशतक प्रहार गरेका थिए ।

चौथो खेलमा अमेरिकाविरुद्ध ९३ रनमै ५ विकेट गुमाउँदा आरिफले सोमपाल कामीसँग छैटौं विकेटमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै टिमको इनिङ्स सम्हाल्ने कोसिस गरेका थिए । त्यसमा आरिफले ६३ रन बनाएका थिए । उनलाई क्रिजमा साथ दिएका सोमपालले टिमको खातामा ४७ रन थप्दा अरूको योगदान उल्लेखनीय साथ नरहँदा ३९ रनको हार बेहोर्यो ।

भर्खरै मात्र राष्ट्रिय टिममा ‘डेब्यु’ गरेका देव खनालले पनि शृंखलाबाट नेपाली ब्याटिङमा केही आस जगाए । शृंखलाका चारै खेलमा ब्याटिङका लागि तेस्रो नम्बरमा आएका देवले चार इनिङ्समा १ सय ३२ रन बनाए । यसक्रममा उनले एक अर्धशतक प्रहार गरेका थिए ।

देवले ओमानविरुद्ध पहिलो खेलमा ३४, दोस्रो खेलमा अमेरिकाविरुद्ध ५४, तेस्रो खेलमा ओमानविरुद्ध १० र चौथो खेलमा ३४ रनको योगदान दिएका थिए ।

शृंखलामा नेपालका ओपनरद्वय आरिफ शेख र कुशल भुर्तेलसँगै रोहित पौडेलले एक–एक अर्धशतक बनाएका थिए ।

कप्तान र प्रशिक्षकको प्रतिक्रिया

टिमका कप्तान सन्दीप लामिछाने नेपाल चारै खेलमा जित नजिक पुगेको भए पनि अन्तिममा खेलमाथिको नियन्त्रण गुमाउन पुग्दा पराजित हुन पुगेको बताउँछन् ।

‘हामीले सबै खेल जित नजिक पुगेर गुमायौं । मलाई लाग्दैन यो शृंखलाको कुनै पनि खेल हामीले गुमाउनुपर्ने हो । जुन तरिकाले हामीले खेलिरहेका थियौं । अन्तिममा नियन्त्रण गुमिरहेको थियो,’ सन्दीपले भने, ‘सानो पार्टनरसिप बनाउनेबित्तिकै आउट भइरहेका छौं । हामीले त्यसमा ध्यान दिनु आवश्यक छ । यो शृंखला हामी सबैका लागि राम्रो पाठ भएको छ । चारै खेलमा जित नजिक पुगेर हार्नुले पनि हाम्रो स्तर बढिरहेको देखाउँछ । अब सुधार्नुपर्ने पक्षहरू शृंखलाले देखाएको छ ।’

उनी टिममा युवा र अनुभवी खेलाडीबीचको तादात्म्यका कारण ब्याटिङमा एकरुपता नदेखिएको बताउँछन् ।

‘हार स्वीकार्न निकै कठिन हुन्छ । तर, लिग २ मा अझै २० खेल बाँकी छन् । हामीसँग धेरै स–साना कुरामा कमजोरी छन् । जसलाई हामीले सुधार्न आवश्यक छ । त्यसलाई सुधार्न हामीले आउदो शृंखलाअघि कडा मिहिनेत गर्न आवश्यक छ,’ दासानायकेले भनेका छन्, ‘शृंखला निकै चुनौतीपूर्ण थियो । विशेषगरी मौसम र पिच । पिचमा मैले बलरहरूप्रति भन्नुपर्ने केही छैन । हामी सधैं बलरका कारण खेल जित्ने गर्छौं । तर, यहाँ उनीहरुले थोरै संघर्ष गर्नुपर्यो ।’

कप्तान सन्दीप भन्छन्, ‘टिममा युवा खेलाडी छन् । अनुभव पनि धेरै छैन । कप्तानको रूपमा म पनि नयाँ नै छु । धेरै कुरा सिक्न बाँकी नै छ । हामी सबै खेलाडीले धेरै कुरामा सुधार गर्न आवश्यक छ । मेरो प्रदर्शन पनि राम्रो हुन सकेको छैन । यसको जिम्मेवारी म लिन्छु । किनभने मेरो पनि अपेक्षाअनुरुपको प्रदर्शन हुन सकेन । आउँदा दिनमा कसरी हामीले आफूलाई सुधार्छौं भन्ने चुनौती छ । एक टिमको रूपमा सबैको प्रदर्शन राम्रो छ । तर, यो सधैं हुन सकिरहेको छैन ।’

यता, नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके टिम स–साना कुरामा चुकिरहेकाले आउँदो शृंखलाअघि त्यसलाई सुधार्न आवश्यक रहेको औंल्याउँछन् ।

‘हार स्वीकार्न निकै कठिन हुन्छ । तर, लिग २ मा अझै २० खेल बाँकी छन् । हामीसँग धेरै स–साना कुरामा कमजोरी छन् । जसलाई हामीले सुधार्न आवश्यक छ । त्यसलाई सुधार्न हामीले आउदो शृंखलाअघि कडा मिहिनेत गर्न आवश्यक छ,’ दासानायकेले भनेका छन्, ‘शृंखला निकै चुनौतीपूर्ण थियो । विशेषगरी मौसम र पिच । पिचमा मैले बलरहरूप्रति भन्नुपर्ने केही छैन । हामी सधैं बलरका कारण खेल जित्ने गर्छौं । तर, यहाँ उनीहरुले थोरै संघर्ष गर्नुपर्यो ।’

प्रशिक्षक दासानायके नेपाली टिमको ब्याटिङमा केही सकारात्मक परिवर्तन आइरहेको बताउँछन् ।

‘ब्याटिङमा केही सकारात्मक परिवर्तन देखिएको छ । यद्यपि, हामी अन्तिम समयमा चुकिरहेका थियौं । केही खेल हामीले युवा खेलाडीका कारण पनि गुमायौं । उनीहरूमा त्यति धेरै अनुभव छैन । हामीले अझै सिक्नुपर्ने कुरा धेरै छन् । म सकारात्मक पक्ष हेरिरहेको छु । हाम्रा दुवैै ओपनर अहिले विस्तारै सेट हुँदैछन् । नम्बर ६ मा आरिफले मुख्य भूमिका खेलिरहेका छन् । तर, खेलाडीहरूले सुधार्नुपर्ने कुरा धेरै छन् । र, म समय बितिरहेकोप्रति पनि सचेत छु । लक्ष्यमा नपुगेसम्म हामी हार मान्दैनौं ।’

लिग २ को शीर्ष तीनमा रहने टिमले भारतमा हुने एकदिवसीय विश्वकपको छनोटमा सोझै स्थान बनाउने छन् भने चौथो र पाँचौं टोलीले शीर्ष तीन टोलीले जस्तै एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम राख्दै विश्वकप छनोटका लागि प्लेअफ खेल्न पाउने एक अर्को मौका पाउनेछ ।

अमेरिका भ्रमणसँगै लिग २ मा १६ खेलबाट १५ अंक जोडेको नेपाल तालिकाको पाँचौं स्थानमा छ । तालिकाको शीर्षस्थानको ओमानले लिग २ का सबै खेल खेल्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । यस्तै, चौथो स्थानमा रहेको अमेरिकाले २४ खेलबाट २३ अंक जोडेको छ ।