फाल्गुन २, २०८२ शनिबार | १२:२४:४५
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन जिम्बाब्वे ए नेपाल भ्रमण

जब्बर जिम्बावेसँग नेपालले खेल्दा..

विश्व क्रिकेट लिग २ को तयारीमा रहेको नेपालले ‘टेस्ट राष्ट्र’ जिम्बावेको टिम ‘ए’ सँग ट्वान्टी–२० शृंखलामा १–१ को बराबरी खेलेको छ । अमेरिकामा जुनमा हुने त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले घरेलु टिमसँगै ओमानको सामना गर्नेछ । सोही प्रतियोगिता तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’ लाई नेपाल भ्रमणको निम्तो दिएको हो ।

वैशाख १७ देखि तीन खेलको एकदिवसीय शृंखला हुने भनिए पनि वर्षाका कारण त्यो दिन खेल हुन सकेन । र, त्यसको भोलिपल्ट क्यानले तालिका परिवर्तन गर्दै ट्वान्टी–२० शृंखलालाई अगाडि गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बुधबार सम्पन्न ट्वान्टी–२० शृंखला बराबरीमा सकिँदा एक खेल वर्षाकै कारण रद्द भएको थियो ।

पहिलो खेलमा जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित नेपाली टिमले दोस्रो खेलमा जितसहित बराबरी गर्ने लक्ष्य लिएको थियो । तर, वर्षाका कारण त्यो खेल नतिजाविहीन भयो । अन्तिम खेलमा नेपालसँग शृंखलामा कम्तीमा बराबरी गर्न नेपालले जित्नैपर्ने दबाब थियो । र, नेपालले ८ विकेटको सानदार जित निकाल्दै नेपालले शृंखलामा बराबरी गरेको हो ।

कस्तो रह्यो ट्वान्टी–२० शृंखला ?

नेपालले घरेलु मैदानमा टेस्ट मान्यताप्राप्त राष्ट्रको टिमविरुद्ध पहिलो पटक शृंखला खेलिरहँदा यसलाई आइसिसीको भने मान्यता रहेको छैन । अर्थात यस शृंखलाको नतिजाले आइसिसीले निकाल्ने वरीयतालगायतका बाँकी कुरामा खासै महत्व राख्दैन ।

नेपालले यसै वर्ष आइसिसी विश्वकप क्रिकेट लिगअन्तर्गत २४ खेल खेल्न बाँकी छ । शृंखलाअघि नै नेपालका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले जिम्बावेविरुद्धको शृंखलाले नेपालको आगामी खेललाई अभ्यासका लागि निकै सहयोग गर्ने बताएका थिए ।

यसैकारण टेस्ट मान्यता राष्ट्रको टिमविरुद्ध खेल्नुले नेपालजस्तो टिमका लागि भने निकै महत्त्वपूर्ण पक्ष थियो ।

शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा निम्त्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८१ रनको योगफल खडा गरेको थियो । एक सय ८२ रनको उच्च लक्ष्य पछ्याएको जिम्बावेलाई नेपालले बलिङमा भने दबाबमा राख्न सकेन । फलतः नेपाल ६ विकेटले पराजित भयो ।

शृंखलाको दोस्रो खेलमा एकपटक फेरि वर्षा बाधक बन्दा खेल रद्द भएको थियो । जहाँ टस हारेपछि ब्याटिङमा आएको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।

यस्तै, तेस्रो खेलमा उत्कृष्ट जितसहित शृंखला बराबरी गर्न सफल भएको नेपालले जिम्बावेले दिएको एक सय ३७ रनको लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि टस हारेर ब्याटिङमा आएको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३६ रनको योगफल खडा गरेको थियो ।

पहिलो खेलमा ब्याटिङमा उच्च प्रदर्शन गरे पनि बलिङ चुकेको नेपालले तेस्रो खेलमा भने ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन देखायो । यसैकारण बलियो पाहुना टोलीविरुद्ध शृंखला बराबरी गर्न नेपाली टिम सफल रह्यो । शृंखला बराबरी गरेसँगै नेपालले आफूलाई टेस्ट राष्ट्रविरुद्ध बलियो चुनौती दिन सक्षम रहेको प्रमाणित गरिदियो ।

तेस्रो ट्वान्टी–२० मा ८७ रनको सानदार इनिङ्स खेलेका ओपनर आसिफ शेख शृंखलामा नेपालबाट अर्धशतक बनाउने एकमात्र ब्याटर रहे । आसिफले ट्वान्टी–२० शृंखलाको २ खेलमा ९८ रन बनाए । यसबाहेक अर्का ओपनर नेपालबाट सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा रहे । कुशल भूर्तेलले २ खेलमा ८० रन बनाएका थिए ।

बलिङमा कप्तान सन्दीप लामिछाने नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ३ खेलमा ३ विकेट लिए ।

एकदिवसीय शृंखला र नेपालको अपेक्षा

त्यसो त पछिल्लो समय ट्वान्टी–२०मा ब्याटिङमा बलियो प्रदर्शन देखाइरहेको नेपालको एकदिवसीय खेलमा भने यो सम्झनलायक बन्न सकेको छैन ।

जसलाई एकदिवसीय शृंखलाको पहिलो खेलले समेत गलत साबित गर्न सकेन ।

पहिलो खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाई एक सय ३६ रनको योगफल खडा गरेको थियो । एक सय ३७ रनको लक्ष्य जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालले शनिबार दोस्रो र सोमबार अन्तिम खेल खेल्नेछ ।

नेपालले यसै वर्ष खेल्ने आइसिसी विश्वकप क्रिकेट लिगअन्तर्गत २४ खेल सबै अन्तर्राष्ट्रिय एकदिवसीय हुन् । लिग डिभिजन २ मा १२ खेल खेलेको नेपाल १२ अंकसहित तालिकाको छैटौं स्थानमा छ । सात टिम सहभागी लिगको शीर्ष तीनभित्र पर्ने टोली सोझै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुग्नेछन् भने चौथो स्थानको टिम छनोटको प्लेअफमा पुग्नेछ ।

यसकारण पनि जिम्बावेसँगको एकदिवसीय शृंखला डिभिजन २ को तयारीलाई महत्त्वपूर्ण साबित हुने देखिन्छ । एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन शृंखलामा देखिएका कमजोरी आगामी खेलमा सुधार्नु प्रशिक्षक दासानायकेको मुख्य लक्ष्य बन्ने पक्का छ ।