फाल्गुन १७, २०८२ आइतबार | १९:४८:१९
दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो
शनिबारको दिन

चमक हराएको भारत-पाकिस्तान क्रिकेट

काठमाडौं । युएईको दुबईमा चलिरहेको ट्वान्टी-२० एसिया कप क्रिकेटको फाइनलमा तिनै दुई टिम भिड्ने भएका छन्, जसको अपेक्षा थियो । त्यो भनेको भारत र पाकिस्तान । कुनै पनि खेल असाध्यै लोकप्रिय हुन चर्को प्रतिद्वन्द्विता चाहिन्छ । क्रिकेटमा यस्तै केही खास प्रतिद्वन्द्विता छ । त्यसमा एउटा हो, दुई छिमेकी देश भारत र पाकिस्तानबीचको खेल । कुनै समय यो विश्व क्रिकेटको ‘ब्लकबस्टर्स’ खेल हुने गथ्र्यो ।

त्यसै पनि भारत र पाकिस्तानमा क्रिकेट त्रिकेटमात्रै होइन, यो धर्म हो भनिन्छ । त्यसमाथि यी दुई देश एक आपसमा शत्रु नै हुन् भन्दा परक पर्दैन । कुनै बेला एकै देश थिए, पछि छुट्टिए । अनेक युद्धमा एकापसविरुद्ध लडिसकेका छन् । अझ आणविक अस्त्रले सुसज्जित देश हुन् । विश्व त्रिकेटलाई सबैको ध्यान खिच्न यी दुई देशबीचको खेल भए पुग्छ ।

त्यसैले यो विश्व क्रिकेटका लागि वरदान भयो । तर होइन, केहीले अब यसलाई अभिशाप पनि भन्न थालेका छन् । किन त ? यसको उदाहरण त यही एसिया कप नै भयो । फाइनल भेट दुई टिमबीचको तेस्रो खेल हुनेछ, यही प्रतियोगितामा । यसअघिका दुई खेल मैदानको क्रिकेटभन्दा बाहिरको क्रियाकलापले बदनाम जस्तै रह्यो । सबैभन्दा पहिले भारतीय खेलाडीहरूले आफ्ना पाकिस्तानी समकक्षीसँग हातै मिलाउन चाहेनन् ।

, भारतले यसपल्टको एसिया कपमा पाकिस्तानविरुद्धका दुवै खेल सजिलै जित्यो । 

टसकै बेला पनि भारतीय कप्तान सूर्यकुमार यादवले हात मिलाउन औपचारिकता पनि पूरा गरेनन् । उल्टै भने, केही कुरा खेल भावनाभन्दा पनि ठूलो हुन्छ । खेल सकिएपछि दुवै टिमका खेलाडीले पालो–पालो हात मिलाउने प्रचलन छ । त्यो पनि भएन । दोस्रो खेलमा पनि यस्तै भयो । पाकिस्तानी खेलाडी पनि के कम र ? मैदानमा उनीहरूले त्यस्तो हाउभाऊ देखाए । मानौं, बम हानिएको छ, युद्धक विमान खसालिएको छ ।

यसक्रममा साँच्चै त्रिकेटको मैदानमा ठ्याक्कै खेल भावना देखिएन । त्यसै पनि क्रिकेटलाई भलाद्मीको खेल भनिन्छ । तर अचेल भारत र पाकिस्तानबीच क्रिकेट हुँदा यो भलाद्मीपन हराउँछ र दुत्कार मात्रै देखिन्छ । यी दुई टिम भिड्दा क्रिकेट नै बदनाम हुन थालेको छ । खासमा भारत र पाकिस्तानबीच पछिल्लो समय असाध्यै धेरै तनावको स्थिति छ, पछिल्लो पटक यी दुई देशबीच चार दिन युद्ध चलेको थियो ।

भारतको नियन्त्रणमा रहेको काश्मिरमा भएको आतंककारी आक्रमणपछि दुई देश युद्धकै भयावह स्थितिमा पुगेका थिए । अहिले त्यसकै तरंग क्रिकेटमा देखापरेको छ, जुन कुनै पनि अर्थमा सही होइन । अब अर्को कुरा, भारतले यसपल्टको एसिया कपमा पाकिस्तानविरुद्धका दुवै खेल सजिलै जित्यो । एक प्रकारको अनुमान गर्न सकिन्छ, आइतबार हुने फाइनल एकपक्षीय हुन बेर छैन, भारतको पक्षमा ।तिनै भारतीय कप्तान सूर्यकुमारले त केसम्म भनिसकेका छन् भने पाकिस्तान त अब आफूहरूका लागि टक्कर दिनसक्ने हैसियत भएको टिम रहेन । योभन्दा कडा प्रतिक्रिया के होला र ? साँच्चै अचेल पाकिस्तानी क्रिकेटको स्तर खस्केको छ । उनीहरू विश्व क्रिकेटमा बलियो चुनौती पेस गर्ने टिम नै रहन छाडेका छन् । यो सबै पृष्ठभूमिमा अचेल भारत र पाकिस्तान क्रिकेटमा होमिदाँ त्यो चमक केही रहेन, जुन पहिले रहने गथ्र्यो ।