Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
तस्बिर सौजन्य : एनएसजेएफ
Image
Image
Image
- खेलाडी

नेपाललाई पहिलो सफलता

काठमाडौं, (खेलाडी)- ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक सय ९६ रनको योगफल रक्षा गरिरहेको नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । 

विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिदेशीय शृंखलामा घरेलु टोली ओमानलाई एक सय ९७ रनको लक्ष्य दिएको नेपालका लागि करण केसीले पहिलो सफलता दिलाए । 

करणले सात रन बनाएका ओमानका ओपनर शोएब खानलाई आसिफ शेखको हातबाट क्याच गराए । शोएब आउट हुँदा ओमानले ३.४ ओभरमा २४ रन बनाएको थियो । 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ओपनर आसिफको ९० रन प्रेरणामा ४७.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । 

ताजा स्थितीमा ओमानले ४.४ ओभरमा एक विकेटको क्षतिमा ४६ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

\