इङ्लिस प्रिमियर लिग

अब हतारिँदैन इंग्लिस फुटबल

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल चल्दैछ, त्यसकारण केही साताका लागि इंङिलस प्रिमियर लिगले विश्राम पाएको छ । प्रिमियर लिग विश्व फुटबलकै सर्वाधिक हेरिने लिग हो । अतः जब प्रिमियर लिग फिफा विश्रामले पछि धकेलिन्छ तब, विश्वभरका समर्थक निराशा पोख्छन् । सायद यो पनि बेठिक होइन, कम्तीमा लिगको लोकप्रिताको अन्दाज त गर्न सकिन्छ ।

प्रिमियर लिग इंङिलस फुटबलको शीर्ष श्रेणी हो । फिफा तालिकाका कारण प्रिमियर लिग रोकिएका बेला इंङल्यान्डका अरु लिग भने जारी छन् । दोस्रो श्रेणीको च्याम्पियनसिप, तेस्रो श्रेणीको लिग वान, चौथो श्रेणीको लिग टु र त्यस तलका अरु लिग, सबै प्रतिस्पर्धात्मक छन् ।

गत साता लिग वानमा सात र लिग टुमा एक खेल रोकिए । कारण? धेरै खेलाडी राष्ट्रिय टिमबाट खेल्न जानु पर्ने भएकाले । विगतमा यी लिग खेल्ने खेलाडी जताको भए पनि राष्ट्रिय टिममा बिरलै पर्थे ।

च्याम्पियनसिप, लिग वान, लिग टु अन्य देशका तल्ला श्रेणीका लिग जस्ता होइनन्, थोरैको मात्र ध्यान तान्ने । इंङल्यान्डका यी साना लिगमा बलियो आकर्षण छ । त्यो पनि पहिलेबाटै । अहिले त यी लिगका खेल हेर्न रंगशाला पुग्नेको संख्या वर्षेनी बढ्दो छ । यसको कारण हो, त्यहाँ खेलिने फुटबल । रणनीतिक रुपमा उच्च स्तरको फुटबल खेल्ने यी टिममा प्रशिक्षक पनि तेजिला छन् ।

उदाहरणका लागि इप्सविच टाउनका केइरन म्याकेन्ना, प्लाइमाउथ आर्गयालका स्टिभन सुमाकर, पोर्टस्माउथका जोन मौउसिन्हो, अक्सफोर्डका लियाम मानिङ, लेयटन ओरियन्टकम रिची वेलेन्स, नट्स काउन्टीका ल्युक विलियम्स ।

यी साना लिगमा प्रशिक्षक मात्र होइन स्तरीय खेलाडीको संख्या पनि बढेको छ । यसको गतिलो उदाहरण हुन्, लिग वान र लिग टुमा रोकिएका खेल । गत साता लिग वानमा सात र लिग टुमा एक खेल रोकिए । कारण? धेरै खेलाडी राष्ट्रिय टिमबाट खेल्न जानु पर्ने भएकाले । विगतमा यी लिग खेल्ने खेलाडी जताको भए पनि राष्ट्रिय टिममा बिरलै पर्थे ।

उसो त यी लिगमा खेलको स्तरमै वृद्धि भएको छ । पहिलेभन्दा रोचक भएका छन् । गएका कयौँ वर्षमा के भनियो भने, व्यवस्थित फुटबल त प्रिमियर लिगमा मात्र खेलिने हो, त्यसमुनिका लिगमा फुटबल बढी शारीरिक हुन्छ, रणनीतिमा ध्यान दिइँदैन । अब यो भाष्यको औचित्य छैन ।

यसको कारण परिवर्तित प्रिमियर लिग नै हो । प्रिमियर लिग अब आफैँ पनि पहिले जस्तो छैन । त्यहाँको परिवर्तनको वायुले तल्ला लिगलाई पनि छोएको छ ।

इंङ्लिस फुटबल पछ्याउनेका लागि ‘म्याच अफ द डे’ टिभी कार्यक्रम नौलो होइन । प्रिमियर लिगको जस्तै यो कार्यक्रको पनि पुस्तौनी समर्थक छन् । कुनै समय यस्तो पनि थियो, जब विश्वका धेरै देशका फुटबल समर्थकको प्रिमियर लिगमा पहुँच थिएन । त्यसबेला देखि नै ‘म्याच अफ द डे’ उनीहरुको प्रिमियर लिगका तिर्खा मेटाउने माध्यम बनेको हो ।

‘म्याच अफ द डे’को उदाहरणले प्रस्ट पार्छ, प्रिमियर लिग पहिले जस्तो रहेन । न त त्यसमुनिका अरु लिग नै उही रहे । फेरि यस्तो तर्क त्यसै गरिएको होइन, तथ्यांक केलाएर गरिएको हो ।

‘म्याच अफ द डे’ पहिले जस्ता सामग्री देखाइन्थ्यो, अहिले त्यस्ता सामग्री देखाइँदैन । अचेलको ‘म्याच अफ द डे’ बढीजसो बल पोसेसन, रक्षापंक्तिबाट हुने बिल्डअप जस्ता पक्षमा केन्द्रित हुने गरेको छ । जबकि पहिले यो कार्यक्रम खेलाडीबीच हुने ‘फिजिकल ब्याटल’, धकेलाधकेल, ट्याकल आदिको वरपर घुम्थ्यो।

‘म्याच अफ द डे’को उदाहरणले प्रस्ट पार्छ, प्रिमियर लिग पहिले जस्तो रहेन । न त त्यसमुनिका अरु लिग नै उही रहे । फेरि यस्तो तर्क त्यसै गरिएको होइन, तथ्यांक केलाएर गरिएको हो ।

कम्तीमा एक दशक भयो, इंङ्ल्यान्डका लिगमा ‘एरियल ड्युल्स’ को औसत संख्या घटेको । जब विपक्षी टिमका खेलाडीहरु एयर बलका लागि जुध्छन्, त्यसलाई ‘एरियल ड्युल्स’ भनिन्छ । अहिलेका गोलरक्षक लामा लामा होइन छोटा छोटा पास खेल्छन् । खेलाडी कति समयमा विपक्षीको क्षेत्रमा पुगे, त्यसको महत्त्व घटेको छ । एउटा खेलाडीले निकालेको पास, उनका साथीले पाए कि पाएनन्, महत्त्व यसको बढेको छ । पासको संख्याको हिसाबकिताबको चलन पनि बढेको छ ।

च्याम्पियनसिप मात्र होइन, तलका लिगमा पनि टिमहरु पहिले जस्तो तीव्रतालाई महत्त्व दिँदैनन् । बरु विस्तार खेल्छन्, धेरैभन्दा धेरै समा बल आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्छन् । जब बल रक्षापंक्तिमा हुन्छ, तब रक्षकहरु हतार हतारमा मिडफिल्डतिर पठाउँदैनन् ।

दोस्रो, तेस्रो र चौथो श्रेणीका इंग्लिस लिगका क्लबहरुमा यस्ता प्रशिक्षकहरुको संख्या बढेको छ, जसको प्रशिक्षण करियर प्रिमियर लिगका एकेडेमीबाट सुरु भएको हो । जस्तै, म्याकेन्ना टोटनहम र म्यानचेस्टर युनाइटेड एकेडेमीमा थिए । इप्सविचमा यिनको प्रभाव गहिरो छ ।

किन यस्तो परिवर्तन ? यसका विविध कारण छन् । पहिलो कारण त क्लबहरुहको बढ्दो आम्दानी हो । जुन धेरैजसो टेलिभिजन प्रशारण अधिकार बिक्रीबाट आउँछ । यो आम्दानी गतिला खेलाडी र प्रशिक्षक अनुबन्ध गर्नमा खर्च गर्ने गरिएको छ । अनि प्रशिक्षण टोली र खेलाडी पहिचान टोलीका सदस्य भित्र्याइँदा पनि ध्यान दिइने गरिएको छ । ताकि सुन्दर फुटबल खेल्ने चाहनेले मूर्त रुप पाओस् ।

दोस्रो, तेस्रो र चौथो श्रेणीका इंग्लिस लिगका क्लबहरुमा यस्ता प्रशिक्षकहरुको संख्या बढेको छ, जसको प्रशिक्षण करियर प्रिमियर लिगका एकेडेमीबाट सुरु भएको हो । जस्तै, म्याकेन्ना टोटनहम र म्यानचेस्टर युनाइटेड एकेडेमीमा थिए । इप्सविचमा यिनको प्रभाव गहिरो छ ।

ठ्याक्कै सात वर्ष भयो, पेप ग्वार्डिओला बेलायत आइपुगेको । बेलायत ओर्लिनसाथ उनले गरेको उद्घोष थियो, ‘म ट्याकललाई प्राथमिकतामा राख्ने प्रशिक्षक होइन ।’ उनको योजना सिटीलाई पोसेसन राखेर खेल्ने टिम बनाउने थियो । योजना मुताबिक टिममा परिवर्तन हुने भइहाल्यो । पहिलो शिकार बने गोलरक्षक जो हार्ट । ग्वार्डिओला चाहन्थे, गोलरक्षकले पनि प्लेमेकरको जस्तो पास निकालून् ।

ग्वार्डिओला फुटबलको व्याख्या परिवर्तन लक्ष्य बोकेर इंङ्ल्यान्ड आएका थिए । उनलाई इंङिलस फुटबललाई सिकाउनु थियो, फुटबल त्यसरी होइन यसरी खेल्ने भनेर । उसो त उनले सिकाउने अभियान इंग्ल्यान्डमा ओर्लिनुअघि नै सुरु गरिसकेका थिए। विद्यार्थी थियो, युनाइटेड ।

‘सन् २००९ को च्याम्पियन्स लिग फाइनल म अझैँ सम्झिन्छुँ । युनाइटेड बार्सिलोनासँग खेल्दै थियो । त्यसबेला युनाइटेड इंग्लिस फुटबलमा छुनै नसकिने टिम थियो । तर च्याम्पियन्स लिग उपाधि भिडन्तमा बार्सिलोनाले उसलाई औसत टिम बनाइदियो,’ साउथह्याम्पटन, स्वान्सी सिटी र एमके डन्सका पूर्वप्रशिक्षक रसेल मार्टिनले भनेका छन् ।

तल्लो श्रेणीका लिगमा कयौँ प्रशिक्षकहरु छन्, जो त्यतिबेला खेलाडी थिए जतिबेला ग्वार्डिओला प्रशिक्षित बार्सिलोना उत्कर्षमा थियो । उनीहरुका लागि ग्वार्डिओला नायक हुन्। गुरु हुन् । बोल्टन वान्डर्र्सका प्रशिक्षक इयान इभान ग्वार्डिओलालाई आदर्श मान्छन् । ओरियन्टमा फुलब्याकलाई मिडफिल्डमा छिर्न दिने प्रशिक्षक वेलेन्स पनि ग्वार्डिओलाबाट आफूले निकै सिकेको स्वीकार गर्छन् । उता अक्सफोर्डका मानिङको शैली पनि ग्वार्डिओलासँग नजिक छ । उनी कुनै समय म्यानचेस्टर सिटीको स्वामित्व रहेको समूहकै क्लब लोमेलमा प्रशिक्षक थिए ।

क्षापंक्तिबाट ‘बिल्डअप’ गर्ने शैली रोचक देखिन्छ । ग्वार्डिओलाको फुटबल दर्शनको यो महत्त्वपूर्ण हिस्सा हो । जब उनी बार्सिलोनाको प्रशिक्षक बने, तब उनले गरेको सुरुवाती काममध्येको एक थियो, कार्लो पुयोललाई यसबारे प्रशिक्षित गर्ने ।

रक्षापंक्तिबाट ‘बिल्डअप’ गर्ने शैली रोचक देखिन्छ । ग्वार्डिओलाको फुटबल दर्शनको यो महत्त्वपूर्ण हिस्सा हो । जब उनी बार्सिलोनाको प्रशिक्षक बने, तब उनले गरेको सुरुवाती काममध्येको एक थियो, कार्लो पुयोललाई यसबारे प्रशिक्षित गर्ने । पुयोललाई ग्वार्डिओलाले सिकाएको रणनीतिलाई स्पेनी भाषमा ‘द सालिदा लाभोलपियाना’ भनिन्छ । यसको मतलब हो, सेन्ट्रल मिडफिल्डर रक्षापंक्तिमा झर्ने, दुई सेन्टर ब्याकसँग मिलेर पछिल्लो लाइनलाई कन्ट्रोल गर्ने । यसो हुँदा रक्षापंक्तिको सुरक्षा हुन्छ, ताकि गोलरक्षकले आफूले चाहेको साथीलाई पास दिन सकून् ।

आधुनिक फुटबलमा यो शैली अब नयाँ होइन । युरोपियन फुटबलका लगभग सबै लिगमा यसको अभ्यास हुने गरेको छ । तर यो शैली खतरामुक्त भने हुँदैन। कतिपय स्थितिमा दर्शकका लागि सह्य पनि हुँदैन । रक्षक र गोलरक्षकले आपसमा पास खेल्दा दर्शक प्यारापेटबाट चिच्याउन सक्छन् । किनभने उनीहरु पास खेलिरहँदा विपक्षी आएर प्रेस गर्दै बल खोस्न सक्ने सम्भावना रहन्छ ।

खैर, फुटबलमा युवा प्रशिक्षकहरुले पुराना प्रशिक्षकहरुको सिको गर्ने प्रयास गर्छन् । उनीहरुको कोही न कोही आदर्श त हुने नै भए । यस्तोमा ग्वार्डिओला जस्ता सफल प्रशिक्षकलाई आदर्श मान्नेको संख्या किन कम हुन्थ्यो र ? आखिरमा उनी आफ्नो पुस्ताको सर्वाधिक सफल प्रशिक्षक न परे ।

फेरि ग्वार्डिओला साँच्चै सुन्दर फुटबल खेलाउँछन् । उनी बोधो फुटबल मन पराउँदैनन् । बोधो फुटबल कसलाई पो मन पर्छ र ? ‘बल पोेसेसन राख्न डराउने टिमबाट खेल्न मज्जा आउँदैन,’ मार्टिन भन्छन् । उता मानिङ आफूले रमाउनकै लागि बालखमा फुटबल खेल्न थालेको बताउँछन् । ‘जब खुट्टामा बल हुन्छ तब रमाइन्छ । डिफेन्ड गर्न को रमाउँछ र ? मानिङको प्रश्न थियो ।

मार्टिन वा मानिङ जस्तै प्रशिक्षकका कारण प्रिमियर लिगभन्दा तलका लिग आकर्षक हुँदै गएका हुन् । जहाँ टिमहरु बल नियन्त्रणमा राखिरहन डराउँदैनन् । खेलाडीहरु पूर्ण स्वतन्त्रताका साथ खेल्छन् । बल पाएपछि पास गर्न हतार गर्दैनन् । 

मार्टिन वा मानिङ जस्तै प्रशिक्षकका कारण प्रिमियर लिगभन्दा तलका लिग आकर्षक हुँदै गएका हुन् । जहाँ टिमहरु बल नियन्त्रणमा राखिरहन डराउँदैनन् । खेलाडीहरु पूर्ण स्वतन्त्रताका साथ खेल्छन् । बल पाएपछि पास गर्न हतार गर्दैनन् । फेरि उनीहरुको क्षमतामाथि विश्वास पनि गरिन्छ ।

च्याम्पियनसिप वा लिग वान, लिग टुमा आइरहेको परिवर्तन कुनै एक व्यक्तिका कारण सम्भव भएको होइन । तर यो चाहिँ सत्य हो, कसैले यी साना लिगका प्रशिक्षकहरुलाई निडर हुन सिकाएका छन् भने ती ग्वार्डिओला हुन् । इंग्लिस फुटबल सधैँभरी बल पाउँदा हतार गथ्र्यो । यिनै ग्वार्डिओलाले नहतारिन सिकाएका छन् । आखिरमा बलसँग प्रेम गरे न खेल सुन्दर हुने हो ।

याे पनिः 

टेलिभिजन खेलपत्रकारको दशैंः बिदा पाइन्न, दशैं मनाउन छाडिन्न

अब ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ध्यान

खेलकर्मीको दशैंः क्रिकेट टोली व्यस्त, अरुलाई चा-चा ह्वीँ

लय समात्दै यु-१९ क्रिकेट टोली

एरिकाः ‘सी इज सो इनोसेन्ट’