चैत्र ११, २०८२ बुधबार | १७:४२:२८
सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली
शनिबारको दिन आइपिएल

अर्जुनको आगमनमा सचिनको परिचय

काठमाडौं । सचिन तेन्दुलकरबारे लेख्न के नै बाँकी रहयो र ? उनीबारे धेरै लेखियो । असाध्यै लेखियो । तर एकथोक उनका बारे भर्खरै लेखिएको छ । जुन नयाँ छ । विशेष छ । यसपल्ट सचिनलाई एक बुवाको रूपमा प्रस्तुत गरिएको छ ।

अझ ठ्याक्कैभन्दा अर्जुनका पिता सचिन तेन्दुलकर । सचिनले खेलाडीका रूपमा एकसेएक प्रतिद्वन्द्वी टिमको सामना गरे । अझभन्दा बलरको चुनौती देखे । यी प्रत्येक अवसरमा उनी आत्तिएनन् ।

तर, एउटा बुवाका रूपमा छोरा अर्जुनले पहिलोपल्ट इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेल्दा उनी पक्कै आत्तिएको हुनुपर्छ । अझ ‘नर्भस’ भए नै भनौं ।

बुवाका रूपमा आफ्ना सन्तानको प्रत्येक नयाँ पाइलाले उसलाई यस्तै आत्तिन बाध्य पार्छ । भावुक उत्तिकै बनाउँछ । पहिलोपल्ट स्कुल गएको दिन । पहिलोपल्ट घर छाडेर बाहिर हिँडेको दिन । कुनै ठूलो परीक्षा सामना गरेको पहिलो दिन अनि त्यसको नतिजा आएको दिन ।

अझ पहिलोपल्ट आइपिएलको कुनै खेल खेलेको दिन । को मात्र आत्तिदैनन् र ? सचिन त्यस्तै बुवा रहे । खुबै भावुक भएर एउटा ट्विट पनि गरे । त्यसमा उनले आफ्ना छोरालाई क्रिकेट खेलप्रति सम्मान गर्न भनेका छन् । एउटा बुवाका रूपमा अर्जुनप्रति आफ्नो सम्मान र गर्व दुवै रहेको बताएका छन् ।

कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अर्जुनले ‘डेब्यु’ गरेका थिए मुम्बई इन्डियन्सबाट । कुनै समय बुवा सचिनले पनि त्यही टिमबाट खेलेका थिए । अर्जुनको यो पहिलो खेल पूरा तेन्दुलकर परिवारकै लागि निकै भावनात्मक अवसर रह्यो । त्यस दिनको खेल हेर्न दिदी सारा तेन्दुलकर पनि मैदानमै थिइन् । अर्जुनले बलिङका लागि दौड लगाउँदा साराको मुखमा देखिएको भाव अति विशेष थियो ।

मुम्बईले अर्जुनलाई किनेको तीन सिजन नै अगाडि हो । तर, सुरुआती दुई सिजन उनी बेञ्चमै सीमित रहे । बल्लतल्ल आएर उनले तेस्रो सिजन खेल्न पाए । अर्जुनको खेलजीवन त्यस्तै छ, जस्तो जोकोही आम खेलाडीको रहने गर्छ ।

यहाँनिर तारिफ गर्नुपर्ने सचिनकै हो । एउटा कुरा नि सचिनले चाहेको भए अर्जुनलाई धेरै अगाडि नै मुम्बईबाट खेलाउन सक्थे । अथवा आमबुवाले जस्तो सचिनले पनि अर्जुनलाई लिएर कहींकतै भनसुन गर्न सक्थे कि ? तर उनले गरेनन् । सचिन भलादमी थिए । छन् नै ।

भलै, उनको परिचय क्रिकेटका देवतासम्मको छ । तर, सचिन खेल्दाको जमानादेखि शान्त र सौम्य थिए । अहिले पनि छन् । उनले अर्जुनलाई स्वभाविक जीवन यात्राका लागि प्रेरित गरिरहेका छन्  ।

अर्जुनको अहिलेसम्मको खेल के कस्तो रह्यो त ? यसबारे विश्लेषणलाई हामीसँग पर्याप्त समय बाँकी छ । अर्जुनले बुवा सचिनको खेलजीवनको एउटा सानो अंशजति सफलता हात पार्न नसक्ने डर पनि छ । तर, यसले के फरक पार्छ र ?

सचिनकै शब्दमा आफ्ना छोरा एउटा असल र भलादमी मान्छे भए पुग्छ । फेरि छोरा अर्जुन बुवा जत्तिकै सफल हुनुपर्छ भन्ने पनि के छ र ? अथवा यो पनि सम्भावना छ, अर्जुन आफ्ना बुवाजत्तिकै सफल हुनसक्ने छन् ।

एउटा तथ्य निश्चित छ, आफ्नो बुवाकै कारण उनी लगातार सबैको नजरमा रहने छन् । यो हाम्रो समाजले उनलाई बुवासँग समय समयमा दाँजिरहने छ । सचिन जस्ता महान् खेलाडीको छोरा भएपछि अर्जुनले यत्तिको त सहनै पर्छ होला । मूल कुरा के हो भने त्यस्तो दिन आइपुगेको छ, जतिबेला सचिनको एउटा अर्को परिचय क्रिकेट खेलाडी अर्जुनको बुवाको रूपमा भएको छ । अनि अर्को कुरा, यसमा सचिनलाई खुसी र गर्व दुवै छ ।