चैत्र १३, २०८२ शुक्रबार | ०९:५५:३६
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
शनिबारको दिन आरती चौधरी

दशरथ रंगशालामा लामो कपालको चर्चा

काठमाडौं । अघिल्लो साता राजधानीमा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सकिएको छ । जुनियर खेलाडी उत्पादन र प्रतिभा प्रस्फुटन गर्ने थलोमा पर्दछ यो रनिङ सिल्ड । विगतमा आयोजना हुने वीरेन्द्र सिल्ड खेलकुदको स्वरुप हो ।

स्थानीय तह हुँदै जिल्ला, प्रदेशस्तरबाट छानिएर आएका सातै प्रदेशका कुल ६८६ खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा गरेका थिए ।

सुदूरपश्चिम प्रदेशले १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदक जित्दै पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड जित्न सफल भयो । वागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकसहित दोस्रो हुँदा कर्णाली प्रदेशले १० स्वर्ण, ५ रजत र १६ कांस्य पदकसहित पहिलो पटक तेस्रो स्थान हासिल गरेको थियो । यो त भयो पदक जित्ने प्रदेशको कुरा ।

अहिले प्रसंग कोशीकी स्वर्ण जित्ने खेलाडी आरती चौधरीको हो । उनले छात्रा २०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् । २८.२० सेकेन्डमा दौड पूरा गरेकी आरतीको स्वर्ण कोशीले एथलेटिक्समा जितेको एकमात्र स्वर्ण थियो । १०० मिटरमा भने उनले स्वर्ण जित्न सकिनन् । जिल्ला म्यानेजर किशोर अमात्यले स्वर्ण जितेपछि आरतीलाई हौसलास्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

चितवनबाट प्रदेश खेलकुद खेलेर भोलिपल्ट बिहान आएर दौड्नुपर्दा आराम नपुगेकाले १०० मिटरको दौड जित्न नसकेको उनले बताएकीे थिइन् । उनले प्रदेशमा १०० र २०० मिटर दौडमा सफलता पाएकी थिइन् ।

कसरी भयो त यति लामो कपाल ? भन्छिन्, ‘ कपालकै लागि भनेर त्यस्तो त केही गर्दिन। तोरीको तेलचाहिँ कहिलेकाँही लगाउँछु ।’

पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाइसकेकी आरतीले त्यति अनुभवमात्र बटुल्न पाइन् ।

इटहरी, झुम्कामा बसेर १२ कक्षामा अध्ययन गरिरहेकी आरतीसँग दौडसँगै एउटा विशेषता गाँसिएको छ । त्यो हो उनको कपाल ।

आरतीको कपालको लम्बाइ आफ्नै उचाइ हाराहारीको छ । त्यही लामो कपालका कारण उनी रनिङ सिल्ड चलिरहँदा दशरथ रंगशालाको ट्र्याकमा चर्चाको केन्द्रमा रहिन् । उनीसँग तस्बिर खिचेर सामाजिक सञ्चालमा पोस्ट्याउने बाक्लै थिए ।

एथलेटिक्स अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि धाविकाहरूको कपालको शैलीबारे धेरै चर्चा र बहस हुन्छन् । ओलम्पिक, विश्व एथलेटिक्स च्याम्पियनसिपजस्ता प्रतियोगितामा महिला स्प्रिन्टरको कपालको थरीथरी फेसन देख्न पाइन्छ ।

आरतीले पनि ट्रेन्ड पछ्याएकी हुन् त ?  उनी त्यसलाई मान्दिनन् । उनले भनिन्, ‘मैले त कपाल पाल्दै आएको मात्र हो । फेसनेबल बनाउन चाहिँ होइन ।’ 

उनले हाँस्दै थपिन्, ‘अब चाहिँ गर्नुपर्छ कि जस्तो छ ।’ चर्चित धाविकाहरूको कपालको चर्चाबारे उनी पनि बेखबर छैनन् । सानैदेखि कपाल पाल्न थालेकी आरतीले हल्काफुल्का मात्र काट्छिन् । कसरी भयो त यति लामो कपाल ? भन्छिन्, ‘ कपालकै लागि भनेर त्यस्तो त केही गर्दिन । तोरीको तेलचाहिँ कहिलेकाँही लगाउँछु ।’

६ कक्षा पढ्दा उनी एथलेटिक्सको फिल्डतर्फ थिइन् । लङजम्पमा पाइला हालिन् । केशरी चौधरीको पाइला पछ्याइन् । त्यसपछि अर्को वर्ष कक्षा ७ पुग्दा भने उनले आफूलाई दौडतर्फ मोडिन् । त्यसपछि उनी निरन्तर दौडमै केन्द्रित छिन् ।

एथलेटिक्सकर्मी राजन खत्रीले उनीसँगको तस्बिर राख्दै फेसबुकमा स्ट्याटस राखेका थिए, ‘कोशी प्रदेशकी यी छात्रा खेलाडीको कपाल नै काफी छ ।’ उनले सोधेका छन्, ‘अप्ठ्यारो हँुदैन दौड्नलाई कपालले ?’ भविष्यमा कपालको लम्बाइसँगै खेलको उचाइ पनि बढाउने आरतीको जवाफ रहेको खत्रीले लेखेका छन् ।

केन्द्रस्तरमा आएर सफलता पाउँदा गर्व महसुस भएको बताउँदै आरतीले भनेकी छन्, ‘कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुदमा यस्तै गर्विलो क्षणको प्रतीक्षामा छु । त्यसका लागि मिहिनेत पनि गर्नेछु ।’