टाईगर कप

टाईगर कपः न्यु डायमन्डलाई तेस्रो स्थान

काठमाडाैं । न्यु डायमन्ड युथ स्पोर्टस क्लबले पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा  तेस्रो स्थान हासिल गरेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा शुक्रबार  सम्पन्न महिलातर्फ तेस्रो स्थानका लागि भएकाे खेलमा न्यु डायमन्डले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

न्यु डायमन्डले खेल २५-१९, २५-१६  र  २५-१६ ले आफ्नो पक्षमा पारेको हो ।

तेस्रो स्थान हासिल गरेसँगै न्यु डायमन्डले एक लाख २५ हजार तथा चौथो भएको गण्डकीले ६५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा चार टोलीको मात्र सहभागिता रहेकाले  जितविहिन रहे पनि गण्डकीले चौथो स्थान हासिल गरेको हो ।

सेमिफाइनलमा न्यु डायमन्ड विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग २५-२३, १३-२५, २२-२५  र  १२-२५ तथा गण्डकी साबिकको विजेता नेपाल एपिएफ क्लबसँग १३-२५ ,१७-२५  र  २१-२५ ले पराजित भएका थिए ।  

महितार्फको फाइनलमा शनिबार एपिएफ र आर्मी प्रतिस्पर्धा गर्नेछन् ।