टाइगर कप भलिबल

टाइगर कपः एपिएफको लगातार दोस्रो जित

काठमाडौं । । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले तेस्रो टाइगर कप पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

सोमबार पोखरा रंगशाला प्राङ्गणमा भएको कोर्टमा एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१९ ले जित निकालेको एपिएफ दोस्रो सेट २१–२५ले गुमाउन पुग्यो । बाँकी दुई सेटमा २५–१९ र २५–१७ को जित निकाल्दै एपिएफले ६ अंक जोड्यो । जितसँगै एपिएफ शीर्षस्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाउना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई  ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकाल्यो ।

आर्मीले सेन्ट जोसेफलाई निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा २५–२० ले पराजित गरेको थियो । त्यसपछिका दुई सेटमा समेत निकै दवाव सृजना गर्दै आर्मीले २५–१७ र २५–१० को जित निकालेको हो । आइतबार भएको पहिलो खेलमा आर्मी एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

बिहान भएको महिलातर्फको खेलमा गण्डकी प्रदेश विभागीय टोली एपिएफसँग ३–० को सोझो सेटमा पराजित भयो । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानमा रहेको गण्डकीले स्वभाविक खेल खेल्न सकेन । एपिएफ खेलमा २५–११, २५–१९, २५–१६ ले जित निकाल्न सफल भयो । प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । दुबैबिधाका विजेताले समान चार लाख प्राप्त गर्नेछन् ।