काठमाडौं । आयोजक गण्डकी प्रदेशको महिला टोली टाइगर कप महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ ।
सोमबार पोखरा रंगशाला प्राङ्गणमा भएको कोर्टमा गण्डकी विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भयो ।
राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानमा रहेको गण्डकीले स्वभाविक खेल खेल्न सकेन । एपिएफ खेलमा २५–११, २५–१९, २५–१६ ले जित निकाल्न सफल भयो । एपिएफकी ओपन स्पाइकर सरस्वती चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् ।
प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । दुबैबिधाका विजेताले समान चार लाख प्राप्त गर्नेछन् ।