पुरस्कार राशीमा वृृद्धि

काठमाडौं, (खेलाडी)– छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि भएको छ ।

 नेपाल भलिबल संघ (एनभिए) ले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज १० देखि १६ गते सम्म हुने बताएको छ । 

एनभिएले यसपटक प्रतियोगिताको विजेतालाई  नगद ४ लाख, उपविजेतालाई २ लाख र तेस्रो हुनेलेलाई १ लाख दिनेछ ।

प्रतियोगितामा विभिन्न प्रदेशबाट पुरुषतर्फ १२ टिम र महिलातर्फ ७ टिमको सहभागीता रहनेछ । 

पुरुषतर्फ टिपटप हेल्प नेपाल, नेपाल स्पोर्ट्स क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेश रहेको छ । 

यस्तै, महिलातर्फ होङवान्जि न्यु डाइमन्ड क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्ट्स, प्रदेश २ र एभरेस्ट भलिबल क्लब रहेका छन् । 

च्याम्पियनसिपको शिर्ष पुरुष ७ र महिला ५  टोलिले रेनिङको आधारमा चैतमा आयोजना हुने छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला तथा पुरुषले समान नगद २५  हजार प्राप्त गर्नेछन् ।


साथै व्यतिगतर्फ उत्कृष्ट सर्भर, लिब्रो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताएका छन् ।