नेपाल भलिबल संघ

‘बालेन शैलीमा काम गरे अवश्य कभर्डहल बन्छ’– अध्यक्ष उम्मेदवार चन्द

काठमाडौं । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) को शैलीमा काम गरे नेपालमा अवश्य कभर्डहल बन्ने बताएका छन् ।

नेपाल भलिबल संघको आसन्न केन्द्रीय निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने क्रममा चन्दले यस्तो बताएका हुन् ।

नेपाल भलिबल संघको केन्द्रीय निर्वाचन भदौ २२ गते हुने तालिका छ । निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएकी वर्तमान उपाध्यक्ष निरोज मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।