काठमाडौं भलिबल

काठमाडौं जिल्ला भलिबल संघको अध्यक्षमा कट्टेल

काठमाडौं । काठमाडौं जिल्ला भलिबल संघको अध्यक्षमा सुदर्शन जमर कट्टेल सर्वसम्मतले निर्वाचित भएका छन् ।

कालिमाटीस्थिति परोपकार स्कुलमा आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट कट्टेलको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा दिपक थापा र रामप्रसाद भट्टराई महासचिवमा प्रदीप श्रेष्ठ र कोषाध्यक्षमा जयन्ती जोशी चुनिए ।

यस्तै सदस्यमा कृष्णकुमार पौडेल, कृष्णमाया कार्की, सुनिल महर्जन, प्रधुम्न न्यौपाने, मनोज श्रेष्ठ र रेनु खड्का निर्वाचित भए ।

योसँगै सबै जिल्लाहरुको निर्वाचन सकिसकेको छ । जिल्ला तथा प्रदेशलाई निर्वाचनका लागि भलिबल संघले आइतबारसम्मको समय दिए पनि प्रदेशको निर्वाचन नसकिएकोले बुधबार गर्ने निर्णय गरेको छ ।

बाग्मती प्रदेशको निर्वाचन बुधबार कालिमाटीस्थिति परोपकार स्कुलमा हुनेछ ।