गण्डकी भलिबल

गण्डकी प्रदेशको अध्यक्षमा गुरुङ

काठमाडौं । गण्डकी प्रदेश जिल्ला भलिबल संघको अध्यक्षमा नवीन गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

गण्डकीमा शुक्रबार सम्पन्न चौथो साधारण सभाले गुरुङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा हरीकुमार श्रेष्ठ, महासचिवमा टहल सिंह थापा, सचिवमा सोमबहादुर पोबी (यामु) र कोषाध्यक्षमा जीवन भण्डारी निर्वाचित भए ।

यस्तै, सदस्यमा कमला श्रीष, राजेन्द्र जिसी, रमेश श्रेष्ठ, नौराज गुरुङ, टुकराज गुरुङ, गजेन्द्र बम, राजुबाबु श्रेष्ठ र गंगा केसी रहेका छन् ।

नेपाल भलिबल संघको केन्द्रिय निर्वाचनको लागि जिल्लाहरुले धमाधम निर्वाचन गर्न थालेका हुन् । संघले जिल्ला निर्वाचनको लागि आइतबारसम्मको समय तोकेको छ ।