अरुणा शाही

कप्तान अरुणा सोमबार नेपाल आइपुग्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही सोमबार स्वदेश फर्किने भएकी छिन् ।

भलिबलको प्रशिक्षण, फिजिकल ट्रेनिङ र सेटर रणनीति बारे तालिम लिन अरुणा जेठ १६ गते नेदरल्यान्ड्स पुगेकी थिइन् । उनले त्यहाँ जुन २ देखि २५ सम्म प्रशिक्षण लिने तालिका थियो । तर, त्यहाँको चाडको कारण प्रशिक्षण चाँडै सकिएको उनले खेलाडीसँग बताइन् ।

‘छुट्टा–छुट्टै टिमसँग खेल्दा धेरै अनुभवहरु बटुल्न पाए । नेपाल र यहाँ गर्ने ट्रेनिङ उस्तै हो तर, इक्युपमेन्टले गर्दा छुट्टै महसुस हुने रहेछ,’ उनले भनिन्, ‘फेस्टिभलको कारण प्रशिक्षण चाँडै सकियो । सोमबार नेपाल फर्किनेछु ।’

शाहीले लेस्ले डी योङ, सुदोस–डेस्तो क्लब सिनियर वुमन टिम र हान एबिङलगायतबाट प्रशिक्षण लिने तालिका थियो ।

यसअघि प्रतिभा माली, सरस्वती चौधरीले पनि वैदेशिक प्रशिक्षणको अनुभव बटुलिसकेका छन् ।