भिएनएल

भिएनएलः पोल्यान्ड दोस्रो स्थानमा उक्लियो

सोफिया । भलिबल नेसन्स लिग (भिएनएल) अन्तर्गत पुरुषतर्फ पोल्यान्डले क्यानडालाई हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बुल्गेरियाको राजधानी सोफियामा सम्पन्न पुल–३ को खेलमा पोल्यान्डले क्यानडालाई २५–१६, २५–१८, २५–१६ को सोझो सेटमा हरायो । यो जितसँगै १५ अंक जोडेको पोल्यान्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा ६ खेल खेलेको पोल्यान्डले पाँचमा जित र एक खेलमा पराजित भएको थियो ।  समान खेल खेलेको क्यानडा दुईमा जित र चार खेलमा हार बेहोर्दै पाँच अंकका साथ १३औं स्थानमा छ ।

यसअघि फिलिपिन्सको राजधानी मनिलामा हुनुपर्ने चीन र जर्मनीबीचको खेल रद्द भएको छ । चीनका खेलाडीमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि जर्मनीले खेल्न अस्वीकार गरेको एफआइभिबी आधिकारी पेजमार्फत जानकारी दिएको छ । जसका कारण चीनले सिधै यो खेल जितेको छ ।

दुई खेलमा जित र चार खेलमा हार बेहोरेको चीन १०औं तथा समान तीनमा जित र हार बेहोरेको जर्मनी सात अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

बिहीबारै पुरुषतर्फमा अर्जेन्टिना र स्लोभेनिया, सर्बियाविरुद्ध  ब्राजिल तथा अमेरिका र इरानबीच खेल हुँदैछ ।