नुवाकोट भलिबल

पाण्डे चुनिए नुवाकोट जिल्ला भलिबल संघको अध्यक्ष

काठमाडौं । जिल्ला भलिबल संघ नुवाकोटको अध्यक्षमा सुवास पाण्डे चुनिएका छन् । आइतबार भएको नुवाकोटको साधारण सभाले पाण्डे नेतृत्वको ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

आगामी चार वर्षका लागि चयन भएको कार्यसमितिको उपाध्यक्षमा इश्वरमान सिंह डंगोल र विक्रम थापा छन् । यस्तै, महासचिवमा वविन श्रेष्ठ, कोषाध्यक्ष राजकुमार शाही र सदस्यहरु– दिनेश कुमार गुरुङ, दीप श्रेष्ठ, निर्मला अधिकारी र सुरेन्द्र श्रेष्ठ चुनिएका छन् ।

साधारण सभाले प्रदेश अधिवेशनका लागि अध्यक्ष पाण्डे र महासचिव श्रेष्ठलाई प्रतिनिधि पठाउने पनि निर्णय गरेको छ । यस्तै, केन्द्रीय निर्वानका लागि पनि अध्यक्ष पाण्डेलाई पठाउने निर्णय भएको छ ।