बर्दिया जिल्ला भलिबल संघ

श्याम आचार्यको नेतृत्वमा बर्दिया जिल्ला भलिबल संघ गठन

गुलरिया । श्यामकुमार आचार्यको नेतृत्वमा बर्दिया जिल्ला भलिबल संघ गठन गरिएको छ ।

बिहीबार बर्दियाको गुलरियामा भएको संघको अधिबेशनबाट संघको उपाध्यक्षमा लक्ष्मी प्रसाद भाट, गीता चौधरी, महासचिवमा प्रकाश कुमार शर्मा, कोषाध्यक्षमा अनन्त कुमार दहित, सदस्यहरुमा दरवारि थारु, सुबास परियार, सरिश्मा चौधरी, पर्शा रानी चौधरी, धन बहादुर बस्नेत, मनिषा सुनार, मनोज चौधरी, कुलराज दहित सर्वसम्त रूपमा निर्वाचित भएको छन ।

बर्दिया जिल्ला खेलकुद बिकास समितिको हलमा भएको अधिबेशनको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र शर्मा, नेपाल भलिबल संघको केन्द्रिय सदस्य एवम् केन्द्रिय प्रतिनिधि रिता कोइराला, बर्दिया  जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मोहनबहादुर पाण्डे मगर, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व केन्द्रिय सदस्य कमल खत्री लगायतले नवनिर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना दिएका थिए ।