भिएनएल

भिएनएल: क्यानडाले बेल्जियमलाई हरायो

मनिला । एफआइभिबी भलिबल वुमन्स नेसन्स लिग (भिएनएल) को प्रारम्भिक चरणमा बिहीबार क्यानडाले बेल्जियमलाई ३–१ को सेटमा हराएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न पुल–४ को खेलमा क्यानडाले बेल्जियममाथि २५–२२, २५–२१, २२–२५, २५–२२ को सेटमा पुनरागमन जित निकाल्यो ।

पुल–४ मा दुई जित र तीन हारसहित ६ अंक जोडेको क्यानडा तालिकाको ११औं स्थानमा छ । बेल्जियम एक जित र चार हार बेहोर्दै दुई अंकका साथ १३औं स्थानमा छ ।

गतवर्ष क्यानडाले १४औं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । यता, बेल्जियम भने सातौं स्थानमा थियो ।

बिहीबारै हुने पुल– ४ को खेलमा बुल्गेरिया र जापान तथा पुल– ३ को खेलमा सर्बिया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ । सर्बिया र दक्षिण कोरियाको खेल ब्रासिलियामा हुनेछ ।