एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग

एनभिए भलिबलः हेल्प नेपाल शीर्ष स्थानमा

काठमाडौं । गल्कोट स्पोर्टस् क्लबमथि ३–० को जित निकाल्दै हेल्प नेपाल स्पोर्टस् क्लब शुक्रबार एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगितामा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपालले गल्कोटलाई २५–१५, २५–१३, २५–२१ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा लगातार पाँच जित निकालेको हेल्प नेपाल सतप्रतिशत नतिजासहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हेल्प नेपालले १४ अंक बनाएको छ । समान खेल खेलेको गल्कोटले दुई अंक जोडेको छ ।

पुरुषतर्फको दोस्रो खेलमा शुक्रबार त्रिभुवन आर्मी र  नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफ र ढोरपाटान स्पोर्टस् क्लब प्रतिस्पर्धा गर्नेछन् ।