नेपाल पुलिस क्लब भलिबल

पुलिसको लगातार दोस्रो जित

काठमाडौं । नेपाल पुलिस क्लबले मंगलबार ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराउँदै एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल  क्लब लिगमा दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुषतर्फको अन्तिम खेलमा पुलिसले ढोरपाटनलाई २५-११, २५-२०, २५-११ को सेटमा हरायो ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको पुलिस सतप्रतिशत नतिजासहित तालिकाको दोस्रो स्थानमा छ । पुलिसले ६ अंक जोडेको छ । ढोरपाटनको यो लगातार तेस्रो हार हो ।

प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले समान ६ लाख, उपविजेताले तीन  लाख, तेस्रो एक लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन्  ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट  सेटर, ब्लकर सर्भर, स्पाईकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।s