सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

अरुणा र कोपिला नगदसहित सम्मानित

पाल्पा । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र नेपाल पुलिस क्लबकी प्रशिक्षक कोपिला उप्रेती सम्मानित भएका छन् ।

सञ्जय ममोरियल फाउन्डेसनको आयोजनामा भएको राष्ट्रिय महिला बिच भलिबल प्रतियोगितामा अरुणा र कोपिला समान १५ हजार रुपैयाँसहित सम्मानित भएका हुन् ।

पाल्पाको तानसेनस्थित रानीमहलमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा भलिबल खेलको विकास र राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै सञ्जय मेमोरियल फाउन्डेसनले सम्मान गरेको हो ।

अरुणाको कप्तानीमा नेपालले पहिलो पटक सन् २०१९ मा बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक र यसै वर्ष बंगलादेशमा नै आयोजना भएको यही प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रलाई पुनः स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उनी नेपालकी सर्वाधिक सफल कप्तान समेत हुन् ।

यस्तै, पूर्व राष्ट्रिय भलिबल टोलीकी सदस्य कोपिलाले लामो समयदेखि भलिबलमा योगदान पुर्याउँदै आएकी छिन् । उनी सम्मिलित नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो ।