सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

महिला बिच भलिबलको उपाधि पुलिसलाई

पाल्पा । नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा सम्पन्न प्रतियोगितामा शनिबार विभागीय टोली पुलिसले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्यो । 

पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिसा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७को नतिजामा सहज रुपमा पराजित गर्यो । 

प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई २१–९, २१–११ को सोझो सेटमा हराएको थियो । यस्तै, क्वार्टरफाइनलमा प्रदेश एकलाई २१–१, २१–६ र सेमिफाइनलमा गण्डकीलाई २१–१९, २१–९ को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै,लुम्बिनीले क्वार्टरफाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता थगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । भने,सेमिफाइनलमा सुदूरपश्चिम

प्रदेशलाई २१–१७, २१–१४ को सेटमा हराउँलै फाइनल नजिक पुगेको हो ।

सञ्जय फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेकाे छ। यस्तै, उपविजेतामा चित्त बुझाएकाे लुम्बिनीले ५० हजार रुपैयाँ प्राप्त गरेकाे छ । प्रतियाेगिताकाे सर्वोत्कृष्ट खेलाडीले ३० हजार प्राप्त गर्नेछन् । 

नौ टोलीको सहभागिता रहेको प्रतियोगिता चौत २४ गतेदेखी सुरु भएको थियो ।