एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो ।

मुख्य प्रशिक्षक जगदीश भट्टले अनुभवी खेलाडी ओपन स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीलाई बाहिर राख्दै उनीहरुको स्थानमा शान्ती थारु र कामना विष्टलाई पहिलो रोजाईमा कोर्टमा उतारेका थिए ।

पहिलो पटक राष्ट्रिय टोलीमा परेका शान्ती र कामनाले श्रीलंकाविरुद्धको खेलबाट डेब्यु गरिसकेका छन् ।

साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९ .२५-५ मा स्तब्ध पा¥यो ।

प्रशिक्षक भट्टले अन्तिम सेटमा प्रतिभा र सरस्वतीलाई कोर्टमा उतारेका थिए ।

बिहीबार आफ्नो पहिलो खेल खेलेको नेपालले श्रीलंकामाथि ३-२ को नाटकीय जित हात पारेको थियो ।

नेपालले शनिबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ः१५ मा हुनेछ ।