एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता

पहिलाे खेलमा नेपालले श्रीलंकाको सामना गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा बिहीबार श्रीलंकाको सामना गर्ने भएको छ ।

बंगलादेशको ढाकामा पुस ६ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालले आठ गते बिहीबार श्रीलंकासँग खेल्दै प्रतियाेगिताकाे सुरूआत गर्नेछ ।

यस्तै बिहीबार नै हुने पुरुषतर्फ नेपाली पुरुष टोलीले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । पुरुषतर्फको पहिलो खेलमा आयोजक बंगलादेश र माल्दिभ्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका लागि दुबै टोली सोमबार त्यसतर्फ प्रस्थान गर्दैछ । प्रतियोगितामा महिलातर्फ नेपाल सहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान र पुरुषतर्फ नेपाल सहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।