छन्त्याललाई खेलाडी छनोटको जिम्मेवारी

काठमाडौ, (खेलाडी)- नेपाल भलिबल संघ (एनभिए)ले अगस्टमा फिलिपिन्समा हुने एसियन सिनियर महिला च्याम्पियनसिपको खेलाडी छनोट गर्ने जिम्मेवारी मानबहादुर छन्त्याललाई दिएको छ । 

एनभिएको केन्द्रिय कमिटी वैठकले छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय खेलाडी छनोट समिती गठन गरेको हो ।

समितीमा छन्त्यालसहति रिता कोइराला, जुनु पुन, प्रज्वलबहादुर सिंह, प्रशिक्षक जगदिश भट्ट, भरत यादव र ज्योती केसी रहेका छन् ।

अगस्ट २९ देखी सेप्‍टेम्बर ५ सम्म हुने प्रतियोगिताका लागि हाल २६ खेलाडी बन्द प्रशिक्षणमा छन् । 

प्रतियोगितामा सहभागीमध्ये ५ राष्‍ट्रले नाम फिर्ता लिएपछि प्रतियोगिताको आयोजना निर्धारित मितिमा हुनेमा अन्योल छाएको छ । चिन, इन्डोनेसिया, भियतनाम, श्रीलंका र न्युजिल्यान्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । 

प्रतियोगितामा आयोजक फिलिपिन्ससहित नेपाल, काजकिस्तान, जापान, ताइवान, थाइल्यान्ड, इरान, अस्ट्रेलिया, भारत, उज्वेकिस्तान, दक्षिण कोरिया र हङकङको सहभागिता रहनेछ ।