दोस्रो टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिता

दोस्रो टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिता पुस अन्तिम साता

काठमाडौं । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा ’दोस्रो टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिता’ पुस अन्तिम साता हुने भएको छ ।

पोखरामा हुने ६ दिने प्रतियोगितामा पुरुष र महिलातर्फ समान पाँच टोलीको सहभागिता रहनेछ ।

पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र हेल्प नेपाल स्पोर्ट्स क्लब छन् ।

यस्तै महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लब सहित त्रिभुवन आर्मी क्लब,  सशस्त्र प्रहरी बल (एपिएफ) र न्यु डाइमन्ड स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको महिला र पुरुषतर्फका विजेताले समान तीन लाख रुपैयाँ, उपविजेताले एक लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलिले ७५ हजार र सान्त्वना टोलिले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

व्यत्तिगत विधातर्फका महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।