काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) महिला नेशन्स लिगमा नेपालले सोमबार माल्दिभ्सविरुद्ध ३ ० को सोझो सेटमा जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा नेपालले लिग चरणको अन्तिम खेल २५-६, २५ -१९, २५-१८ ले आफ्नो पक्षमा पर्यो ।
पहिलो सेट एकतर्फी बने पनि दोस्रो सेट भने नेपालले केही संघर्ष गर्नुपर्यो । दोस्रो सेटमा प्रशिक्षक जगदिश भट्टले मुख्य खेलाडीलाई आराम दिएका थिए ।
१६-१८ ले पछि परेको स्थितीमा लगातार सात अंक जोड्दै नेपाल खेलमा फर्किएको थियो ।
दोस्रो रोजाइका खेलाडी उतारेको नेपालले तेस्रो सेटमा पनि केही संघर्ष गर्नुपर्यो । तेस्रो सेटको सुरुआतमा ६-८ ले पछि परेकको अवस्थामा नेपालले लगातार चार अंक जोडेको थियो ।
जितसँगै चार खेलमा नौ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो । चारै खेलमा पराजित माल्दिभ्स अंकविहिन बन्यो ।
यसअघि श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा हराएको नेपाल इरानसँग ३ २ को सेटमा पराजित भएको थियो । माल्दिभ्स इरान, भारत र श्रीलंकासँग समान ३-० को सेटमा पराजित भएको थियो ।
नेपालले सेमिफाइनलमा इरानको सामना गर्नेछ । इरान चार खेलमा सात अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।
सोमबार नै सम्पन्न पहिलो खेलमा श्रीलंकामाथि ३-० को सेटमा जित निकाल्दै भारतले शीर्ष स्थान पक्का गरेको थियो ।
अर्को सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंका भिड्नेछन् । भारतले चार खेलमा १० र श्रीलंकाले चार अंक जोडे ।
भिडियो लिंकः
जगदिश भट्ट https://www.youtube.com/watch?v=8YSy7VTAYhM&t=11s
भरत शाह https://www.youtube.com/watch?v=Xlrk23u-AKs&t=14s
कुमार राई https://www.youtube.com/watch?v=Xf0vSHK_NN4&t=25s
ललिता नाथ https://www.youtube.com/watch?v=WZxsBBCWd6A&t=7s