काठमाडौं । घरेलु टोली नेपालले काभा महिला नेसन्स लिगमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।
पहिलो सेट नेपालले २५-१९ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा नेपाल २५-१८ ले अगाडि रह्यो । एक समय २-४ ले पछि परेको नेपालले लगातार ६ अंक जोडेको थियो ।
तेस्रो सेटमा नेपाल २५-१९ ले विजयी भयो । १२-१५ ले पछि परेको अवस्थाबाट लगातार सात अंक जोड्दै नेपाल खेलमा फर्किएको थियो ।
जितसँगै नेपालले तीन अंक जोडेको छ । नेपालले अब शनिबार भारतको सामना गर्नेछ ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders