न्यु डायमण्डलाई अवसर 

काठमाडौं, (खेलाडी)-  राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा आज फाइनल खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दिउँस १ बजे हुने महिलातर्फको फाइनलमा साविक विजेता एपिएफ र न्यु डायमण्ड भिड्दैछन् ।

गत संस्करणमा पनि यी दुई टोली उपाधिका लागि भिडेका थिए । जसमा एपिएफले बाजी मारेको थियो । त्यसैले न्यु डायमण्ड गत संस्करणमा एपिएफसँग व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

त्यस्तै पुरुषतर्फ उपाधिका लागि साविक विजेता हेल्प नेपल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँस ३ बजे हुनेछ ।