विभागीय डर्बीमा आर्मीको शान

काठमाडौं, (खेलाडी)-  विभागीय डर्बीमा एपिएफलाई हराउँदै त्रिभुवन आर्मी क्लब राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।  

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरुषतर्फको दोस्रो सेमिफाइनलमा आर्मीले एपिएफलाई २५-१७, २५-१७, २५-१९ को सोझो सेटमा हरायो । 

आर्मीले उपाधि लागि शनिबार साबिक विजेता हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फको फाइनल खेल दिउँसा तीन बजे हुनेछ । 

यस्तै महिलातर्फको फाइनलमा साबिक विजेता एपिएफ र न्यु डाइमन्डले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसा एक बजे हुनेछ ।