सेमिफाइनल समिकरण पूरा 

काठमाडौं, (खेलाडी)-  राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहिबार भएको अन्तिम क्वार्टफाइनलमा गण्डकी प्रदेशलाई २७-२५, २४-२६, २५-१९, २५-२० ले हराउँदै एपिएफले सेमिफाइनमा स्थान पक्का गरेसँगै सेमिफाइनल समिरकण पूरा भयो ।

बिहिबार नै साबिक विजेता हेल्प नेपाल, त्रिभुवन आर्मी र पुलिस सेमिफाइनल पुगिसकेका छन् ।

शुक्रबार महिला र पुरुष दुवै विधाको सेमिफाइनल हुनेछ ।

 महिलातर्फको पहिलो सेमिफाइनलमा साबिक विजेता एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र न्यु डायमण्डले खेल्नेछन् ।

त्यस्तै पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपाल र पुलिस तथा दोस्रो सेमिफाइनलमा आर्मी र एपिएफले प्रतिस्पर्धा गर्नेछन् ।