आर्मी समूह विजेता 

काठमाडौं, (खेलाडी)- त्रिभुवन आर्मी क्लब समूह ’सी’ को विजेताका रुपमा  राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

समूह चरणको खेलमा मंगलबार आर्मी नयाँ बजार सामाजिक क्लबलाई २५-२२, २५-१७, २५-१५ ले हराउँदै समूह सी’ को विजेता बन्यो । समूह ’सी’ मा आर्मी र नयाँ बजारसहित कर्णाली प्रदेश गरि तीन टोली मात्र छन् ।

यसअघि आर्मीले सोमबार कर्णाली प्रदेशलाई हराएको थियोे । 

नयाँ बजारले पनि कर्णालीलाई हराउँदै एक खेलबाट ३ अंक जोडेको छ । पहिलो हार ब्यहोरेको नयाँ बजार पनि क्वार्टरफाइनल पुगेको छ । 

अहिले दिनको अन्तिम खेलमा एपिएफ र बुठालिनकण्डबीच खेल जारी छ ।