एपिएफको जित

काठमाडौं (खेलाडी)- एपिएफ क्लबले राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द (राखेप) को कभर्डहलमा आज सम्पन्न महिलातर्फको पहिलो खेलमा एपिएफले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-११, २५-७ , २५-६ को सोझो सेटमा हरायो ।

ढोरपाटनमाथिको जितपछि समूह 'ए' मा एपिएफले तीन अंक जोड्यो ।

महिलातर्फ दोस्रो खेलमा अहिले न्यु डाइमन्ड क्लब र एभरेस्ट भलिबल क्लबबिच प्रतिस्पर्धा भइरहेको छ  । 

यसपछि आजै हुने पुरुषतर्फको पहिलो हेल्प नेपाल र प्रदेश दुई, दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश, तेस्रो खेल त्रिभुवन आर्मी र नयाँ बजार सामाजिक क्लब तथा अन्तिम खेल एपिएफविरुद्ध बुढालिनकण्ठ भलिबल क्लबबीच हुनेछ ।