अफगान पारा खेलाडीको अपिल : अफगानिस्तानलाई अहिले एक्लो हुन नदिनुस 

मड्रिड, (खेलाडी)- अफगानिस्तान ह्विलचेयर बास्केटबल टिमकी कप्तानले स्पेनको बस्क राज्यमा नयाँ घर र नयाँ क्लब पाएकी छिन् ।

यसै महिना तालिबानले सत्ता कब्जा गरेपछि स्पेनिस सरकारको सहयोगमा अफगानिस्तानबाट भाग्न सफल भएका निलोफर बायातले अब बिल्बाओमा बसोबास गर्नेछिन् र त्यहीँबाट बास्केटबल खेल्नेछिन् । 

बिडाइडेक बिल्बाओ क्लबले बायात र उनका पति रामिस नाइक जाईको अबको बसोबास बिल्बाओमा हुने पुष्टी गरेको छ । बायातका पति रामिस नाइक पनि खेलाडी हुन् । 

साविकको स्पेनिस च्याम्पियन बिडाइडेक बिल्बाओले चाँडै बायातसँग औपचारिक सम्झौता गरेर उनको नाम स्थानीय संघमा दर्ता गराउने जनाएको छ । उनले अर्को महिनादेखि क्लबका लागि खेल्ने अपेक्षा गरिएको छ ।

बायात सानै हुँदा तालिबानी शासनकालमा काबुलस्थित उनको घरमा रकेट आक्रमण हुँदा उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । उनका दाजुको भने उक्त आक्रमणमा मृत्यु भएको थियो ।

बिडाइडेक बिल्बाओले अफगानिस्तानमै छुटेका लतिफा साखिजादेलगायतका अन्य ह्विलचेयर खेलाडीलाई पनि सहयोग गर्ने प्रयास गरिरहेको छ । बायातलाई बिडाइडेक बिल्बाओले उद्धार गरेको खवर सुनेपछि साखिजादेले क्लबलाई सम्पर्क गरेर आफ्नो पनि उद्धार गर्न अनुरोध गरेकी थिइन । उनी पनि अफगानिस्तान छोड्नका लागि काबुल विमानस्थलमा प्रतिक्षारत रहेको क्लबले जनाएको छ ।

बायात सानै हुँदा तालिबानी शासनकालमा काबुलस्थित उनको घरमा रकेट आक्रमण हुँदा उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । उनका दाजुको भने उक्त आक्रमणमा मृत्यु भएको थियो ।

सामान्य जनजीवन ब्यतित गर्न समस्या भएपछि बायातले ह्विलचेयर बास्केटबल खेल्न थालेकी थिइन । त्यो यात्राले उनलाई अफगानी राष्ट्रिय टिमसम्म पुर्याएको थियो । 

मैले पछिल्ला वर्षहरुमा धेरै मेहनत गरेर स्थापित गर्न खोजेका सबथोक तालिबानले ध्वस्त पारेको छ । उनीहरुले मात्र एक दिनमा मेरा सबै मेहनत र उपलब्धिहरु खत्तम पारिदिए ।

ह्विलचेयर बास्केटबलको राष्ट्रिय टिममा पर्न थालेदेखि उनले अफगानिस्तानमा महिला अधिकार र अझ विशेषगरी शारिरिक रुपमा अशक्त महिलाका अधिकारका लागि अभियन्ताको रुपमा आवाज उठाउन थालेकी थिइन । जसका कारण तालिबान फर्किएपछि अफगानिस्तानमा आफूमाथि खतरा हुन सक्ने उनको भय छ ।

‘मैले पछिल्ला वर्षहरुमा धेरै मेहनत गरेर स्थापित गर्न खोजेका सबथोक तालिबानले ध्वस्त पारेको छ,’ उनले गत साता स्पेनमा एक पत्रकार सम्मेलनमा भनिन्, ‘उनीहरुले मात्र एक दिनमा मेरा सबै मेहनत र उपलब्धिहरु खत्तम पारिदिए ।’

तालिबानले काबुल कव्जा गरेपछि विद्रोहको समयमा आफ्नो विरुद्धमा हुनेमाथि समेत कुनै पनि खालको बदला नलिने र देशका शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । तर तत्कालिन समयमा तालिवानको विरोध गर्ने र मानव अधिकारको विषय उठाउनेहरुले अफगानिस्तानमा सुरक्षित महशुष गर्न सकेका छैनन् ।

तालिबानले काबुल कब्जा गरेपछि स्पेनिस सरकारले बायात र उनका पतिसहित आठ सयभन्दा बढि अफगानीलाई उद्धार गरिसकेको छ । 

वर्षौअघि बायातसँग मित्रता भएकी एक स्पेनिस पत्रकारले उनको कथा ट्विटरमा पोष्ट गरेपछि त्यसले स्पेनमा अधिकारकर्मी, खेलकर्मी तथा सरकारको समेत ध्यान तानेको थियो । स्पेनिस पत्रकार एन्टोनियो पाम्प्लिगाले आफ्नी साथी बायातसँग कुरा गरेपछि उनको कथा ट्विटरमा पोष्ट गरेकी थिइन ।

स्पेनिस सरकार र स्पेनिस बास्केटबल संघको ध्यानाकर्षण भएपछि स्पेनले उद्धार गरेका अफगानीको सुचीमा बायात दम्पत्तिको नाम समावेश गरिएको थियो ।

म संयुक्त राष्ट्रसंघ र सबै देशहरुलाई अनुरोध गर्न चाहन्छु की, कृपया अफगानिस्तानलाई सहयोग गर्नुस । अफगानिस्तानलाई अहिले एक्लो हुन नदिनुस । किनभने तालिबानहरु अहिले पनि २० वर्ष अगाडि जस्तै छन् र अहिले त पूरा देशमा उनीहरुकै कब्जा छ ।

बायातले बाच्न पाएकोमा खुसी व्यक्त गरिन । उनले आफ्ना पतिसँग स्पेनमा नयाँ जीवन सुरु गर्न लागेकोमा अत्यन्तै खुसी भए पनि आफ्नो देशलाई विर्सन भने नसक्ने बताइन ।

‘म त एक जनामात्र हुँ । मजस्ता अरु धेरै अझै पनि देशमै छन्,’ बायातले भनिन, ‘म संयुक्त राष्ट्रसंघ र सबै देशहरुलाई अनुरोध गर्न चाहन्छु की, कृपया अफगानिस्तानलाई सहयोग गर्नुस । अफगानिस्तानलाई अहिले एक्लो हुन नदिनुस । किनभने तालिबानहरु अहिले पनि २० वर्ष अगाडि जस्तै छन् र अहिले त पूरा देशमा उनीहरुकै कब्जा छ ।’