ब्राइटनले शीर्ष स्थानमा उक्लने अवसर गुमायो 

लन्डन, (खेलाडी ) -  इन्जुरी समयमा समयमा निल मुवापेले गरेको गोलमा ब्राइटनले इङलिस प्रिमियर लिगमा हारको संघारबाट जोगिएको छ । 

प्रिमियर लिगमा सोमबार ब्राइटन र प्यालेलेसले १-१ को बराबरी खेलेको हो । यस बराबरीपछि ब्राइटनले प्रिमियर लिगकोशीर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो ।

 ४५औं मिनेटमा वेल्फर्ड जाहाले गरेको पेनाल्टी गोलमा प्यालेसले अग्रता लियो । ब्राइटनका लियोनार्दो ट्रोसार्डले कोनर ग्लागेरमाथि फाउल गरेपछि प्यालसले  पेनाल्टीको अवसर पाएका थियो ।

इन्जुरी समयमा गोल निल मुवापेले ब्राइटनलाई हारको संघारबाट जोगाएका थिए । मुवापेले प्यालेसका गोलकिपर रोबर्ट सान्चेजसँग वान भर्सेस वानमा बललाई जाली चुमाएका थिए ।

६ खेलमा १३ अंक जोडेको ब्राइटन छैटौं स्थानमा छ । जुन शीर्ष स्थानको लिभरपुल भन्दा मात्र एक अंक कम हो । दोस्रो स्थानको म्यानचेस्टर सिटी,तेस्रो स्थानको चेल्सी, चौथो स्थानको म्यानचेस्टर युनाइटेड र पाँचौ स्थानको एभर्टनको पनि समान १३ अंक छ ।

प्यालेस ६ अंकसहित १५औं स्थानमा छ ।