शृंखलामा पाकिस्तानको पुनरागमन

किङस्टन , (खेलाडी)- शाहिन शाह अफ्रिदीको लयले दोस्रो इनिङमा समेत निरन्तरता पाएको दिन मंगलबार पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ९ रनले हराउदै दुई टेस्टको शृखला १-१ को बराबरीमा ल्याएको छ ।

पाकिस्तानले प्रस्तुत गरेको ३ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले २ सय १९ रन बनाउँदा सबै विकेट गुमायो । ४९-१ बट पाँचौं तथा अन्तिम दिनको खेल सुरु गरेको वेस्ट इन्डिजले घरेलु मैदानमा शृंखला आफ्नो पक्षमा पार्ने अवसर उपयोग गर्न सकेन ।

यसअघि पाकिस्तानले ३०९-९ मा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । यता वेस्ट इन्डिज भने पहिलो इनिङमा १ सय ५० रनमा सिमित भएसँगै १ सय ५९ रनले पछि परेको थियो । 

पाकिस्तानले १७६-६ मा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि जितका लागि वेस्ट इन्डिजले ३ सय ६९ रनको लक्ष्य पाएको थियो ।
दोस्रो इनिङसमा वेस्ट इन्डिजका जेसन होःल्डरले सर्वाधिक ४७ रनको योगदान गर्दा कप्तान तथा ओपनर क्रायग ब्राथवेटले ३९ र मेयर्सले ३२ रन जोडे ।
पाकिस्तानका अफ्रिदीले ४ विकेट लिदा नुमानले ३ र सहन अलीले २ विकेट लिएका थिए । अफ्रिदीले पहिलो इनिङसमा पनि ६ विकेट लिएका थिए ।
यसअघि गत साता सम्पन्न टेस्टमा जित हात पार्दै वेस्ट इन्डिजले शृंखलामा १-० को अग्रता लिएको थियो ।