गौरिकालाई कोभिड संक्रमण

काठमाडौं, (खेलाडी)- दक्षिण एसियाली खेलकुदमा नेपालका लागि चार स्वर्ण पदक जित्ने किशोरी पौडीवाज गौरिका सिंहलाई कोभिड १९ को संक्रमण भएको छ ।

दुई पटककै खोप लगाइसकेकी गौरिकालाई संक्रमण भए पनि त्यसको कुनै लक्षण भने नदेखिएको उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नाका बावजुद अञ्जानमा कुनै संक्रमितसँगको भेटले आफूमा संक्रमण भएको उनले बताएकी छिन् । 

हाल उनी सरकारी नियमअनुसार १० दिनको आइसोलेसनमा छिन् । उनले फेसबुकमार्फत मास्क लगाउने, परिक्षण गर्ने लगायतका स्वास्थ्य मापदण्ड जिम्मेवारीका साथ पालना गर्न सबैमा आह्वान गरेकी छिन् । 

‘मलाई कुनै लक्षण थिएन । त्यसैले मैले पिसिआर नगरेको भए मलाई संक्रमण छ भनेर थाहा हुने थिएन,’ उनले लेखेकी छिन्, ‘कृपया सबैजना सुरक्षित रहनुहोला । मेरो स्वास्थ्यको ख्याल राख्दै शुभकामना प्रदान गर्नुहुने सबैमा धन्यवाद दिन चाहन्छु ।’