भाग्यमानी चेल्सी

लन्डन, (खेलाडी)- एस्टन भिल्लालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउदै चेल्सी इङलिस लिग कपको अन्तिम १६ मा प्रवेश गरेको छ । 

लिग कपमा बुधबार निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो । जसमा चेल्सी भाग्यशाली रह्यो ।

चेल्सीका लागि रोमेलु लुकाकु, मासोन माउन्ट, रोस बार्कली, बेन चिलवेल र रिस जेम्सले गोल गर्दा भिल्लाका अन्वर अल गाजी, इमि बियुन्डाई र अर्जी कोन्साले मात्र गोल गरे । एस्ले योङ र मार्भेलस नाकाम्बा भने पेनाल्टी सुटआउटमा चुके ।

यसअघि ५४औं मिनेटमा टिमो वार्नेरले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि क्यामरुन आर्चरले एस्टन भिल्लालाई खेलमा फर्काएका थिए ।