ओमानमाथि नेपालको सानदार जित

काठमाडौ,(खेलाडी) -कप्तान ज्ञानेन्द्र मल्लले लगातार दोस्रो खेमला  अर्धशतक पूरा गरेपछि नेपालले आइतबार ओमानमाथि ७ विकेटको सानदार जितका साथ विश्व क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशिय शृंखलामा सुखद अन्त्य गरेको छ । 

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको १ सय २२  रनको लक्ष्य नेपालले १८.२ ओभारमा मात्र तीन विकट क्षतीमा पूरा गरेको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रनको योगदान  गर्दा ओपनर आसिफ शेखले ४० रन जोडे ।

१६ रन जोड्दा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालका लागि ज्ञानेन्द्र र आसिफले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि टोलीले सहज जित पक्का गरेको हो । ज्ञानेन्द्रले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा आसिफले ४४ बलमा ७ चौका प्रहार गरे ।

यसअघि  तिब्र गतिका बलर करण केसी र स्पिनर सन्दिप लामिछानेले समान चार विकेट लिएप्छि नेपालले टस हारेर ब्याटिङका निम्तो पाएको ओमान ३७.१ ओभरमा अल आउट हुँदै एक सय २१ रनमा सिमित भएको थियो ।

नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आयोजक ओमानलाई सानो स्कोरमा सीमित भएको थियो ।
यसअघि बुधबार ओमानविरुद्धको पहिलो नेपाल पाँच विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
नेपाली बलर सामु कुनै पनि ओमानी ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । 

ओमानका लागि कप्तान जीशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । ६६ बल खेलेका मक्सुदले २ चौका र १ छक्का गरेका थिए । 

अघिल्लो खेलमा सानदार सतक प्रहार गरेर ओमानलाई जितको बाटोमा डोर्याएका ओपनर जतिन्दर सिंहले १३ बलमा १३ रन बनाए । यस्तै नसीम खुसीले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

नेपालमा सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सन्दीप दुवैले समान चार विकेट लिए । तिब्र गतिका बलर करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चदा ८.१ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चिए । सन्दीपले ओमानका सुरज कुमार र नेस्टर धम्बा शुन्यमै आउट गराएका थिए । 

त्यस्तै शरद भेषावकरले ४ ओभरमा एक मेडन राख्दै ११ रन खर्चिएर २ विकेट लिए ।