कपनमा व्यावसायिक फुटबल प्रशिक्षण

काठमाडौं, (खेलाडी)- देशकै ठूला सेभेन 'ए' साइड कोर्टमध्ये एक बुढानिलकण्ठ १० बालुवाखानीमा रहेको कपन स्पोर्टस सेन्टरमा अन्तराष्ट्रिय प्रशिक्षक ली मेन्सनद्धारा व्यवसायिक रुपमा फुटबल खेलको प्रशिक्षण सञ्चालन भइरहेको सेन्टरले जनाएको छ ।

६ देखी १६ वर्ष उमेर समूहका खेलाडीहरुलाई स्कटिस प्रशिक्षक मेन्सनले मुख्य प्रशिक्षकका रुपमा प्रशिक्षण गराइरहेका छन । ३ महिने  आधारभुत प्रशिक्षण कार्यक्रमको पहिलो चरण समाप्त हुन लागेको सेन्टरले जनाएको छ । 

फिलिपिन्स, जापान, अमेरिका लगायतका राष्ट्रका प्रतिष्ठित टिमहरुलाई सफल प्रशिक्षण सहित उत्कृष्ट नतिजा दिलाउन सफल प्रशिक्षक मेन्सनले नेपाली फुटबलमा समर्थकहरुको क्रेज देखेर नेपाल आएको बताएका छन । युरोप सहित फिलिपन्सको महिला राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका मेन्सन युइएफएका 'बी' लाइसेन्स प्राप्त प्रशिक्षक हुन ।

नेपालमा व्यवसायिक फुटबलको पूर्वाधार बनाउने अभियान स्वरुप महंगो सम्झौता सहित मेन्सनलाई नेपालमा ल्याइएको कपन स्पोर्टस सेन्टरका कार्यकारी प्रमुख बद्री भट्टराइले बताएका छन ।