अन्तिममा सम्हालिन नसक्दा नेपाल पराजित

काठमाडौं, (खेलाडी)- अन्तिम समयमा सम्हालिन नसक्दा नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानको तास्केन्दमा आज सुरु भएको एएफसी महिला एसियन कप छनोटमा फिलिपिन्ससँग पराजय भोगेको छ ।

१० मिनेटमै लिएको अग्रता अन्तिमसम्म जोगाए पनि अन्तिम मिनेट र इन्जुरी समयमा गोल खाएपछि नेपाल प्रतियोगितामा विजयी सुरुआतबाट बञ्चित भयो ।

छनोटअन्तर्गत समूह 'एफ" को पहिलो खेलमा विमला चौधरीले १०औं मिनेटमा गरेको गोलमा नेपालले अग्रता लिएको थियो । तर अन्तिम मिनेटमा बराबरी गोल गरेको फिलिपिन्सले इन्जुरी समयमा अर्को गोल गर्दै विजयी सुरुआत गर्यो ।

छनोटको दोस्रो तथा अन्तिम खेलमा नेपालले म‌गलबार हङकङको सामना गर्नेछ ।