सुखद सुरुआतको विश्वास

काठमाडौं, (खेलाडी)– एएफसी महिला एसियन कप छनोटमा नेपालले केही बेरमा फिलिपिन्सको सामना गर्दैछ।  

उज्वेकिस्तानमा आजबाट सुरु हुने एएफसी महिला एसियन कप छनोटमा नेपालले समूह एफ को पहिलो खेल फिलिपिन्स विरुद्ध खेल्दै छ ।

नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले अनुभवी तथा युवा खेलाडीको सन्तुलित टोली भएकाले फिलिपिन्सविरुद्ध जितका साथ छनोट चरणको सुखद सुरुआत गर्ने बताए । 

बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय महिला टोलीबाट डेब्यु गरेकी सबिता राना र प्रीति राईसँगै सरु लिम्बुले नेपालको अग्रपत्ति सम्हाल्ने सम्भावना छ । 

नेपाल र फिलिपिन्स हाल सम्म एक पटक आमने सामने भएका छने । जाहा फिलिपिन्सले बाजी मारेको छ ।