खेलपत्रकारद्धय चित्रकार र साउद सम्मानित

काठमाडौं, (खेलाडी) -नेपाल पत्रकार महासंघको एसोसियट प्रदेश समितिले शुक्रबार खेल पत्रकारद्धय श्याम चित्रकार र जीतु साउद सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघको एसोसियट प्रदेश समितिले शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा चित्रकार र साउदलाई सम्मान गरेको हो । 

एसोसियट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई पत्रकारिता सम्मान र साउदलाई कोराना संकट सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । दुवैले सम्मानसहित ताम्रपत्र प्राप्त गरेका थिए । 

कोरोना संकटमा सक्रिय पत्रकारिता गरेका खेलकुदबाट साउदसहित चलचित्रबाट रिना मोक्तान, कार्टुनबाट बिरोचन मल्ल ठकुरी, फोटोबाट चन्द्रबहादुर आले, आर्थिकबाट मेनुका कार्की, राजनीति तथा सामाजिकबाट गोबिन्द मरासिनी सम्मानित भए । सबैले सम्मान सहित १० हजार रुपैयाँ नगद प्राप्त गरे । 

कार्यक्रममा एसोसियट संस्थामा आबद्ध ७० वर्ष नाघेका पत्रकारलाई पनि सम्मान गरिएको थियो । जसमा चित्रकार सहित गेहेन्द्रमान अमात्य, मोहनश्याम खोकना र समज्ञ लाकौल सम्मानित भएका छन् ।