ब्राइटनद्धारा वर्नली २-१ ले पराजित

लन्डन, (खेलाडी)- घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राती भएको खेलमा वर्नली ब्राइटनसँग २-१ ले पराजित भएको छ । 

घरेलु टर्फ मोरको मैदानमा भएको खेलमा जेम्स टर्सकोस्कीले दोस्रो मिनेटमै गरेको गोलबाट वर्नलीले अग्रता लिएको थियो । टर्सकोस्कीले अस्ले विसउडको पासमा गोल गरेका थिए । 

७३औं मिनेटमा ब्राइटनका निल मोउपेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ज्याकोब मोडरको पासमा गोल गरेका थिए । 

त्यसको पाँच मिनेटपछि ७८औं मिनेटमा एलेक्स म्याक एलिस्टरले निर्णायक गोल गर्दै ब्राइटनलाई जित दिलाए । एलेक्सले पास्कल ग्रसको पासमा गोल गरेका हुन् । जितसँगै लिगमा ब्राइटनले तीन अंक जाडेको छ ।