ट्वान्टी २० कप्तानबाट कोहलीले दिए राजिनामा

नयाँ दिल्ली, (खेलाडी)- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ट्वान्टी २० टोलीको कप्तानबाट राजीनामा गर्ने निर्णय गरेका छन् । 

कोहलीले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै सयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने ट्वान्टी २० विश्वकपपछि आफूले कप्तानी छाड्ने निर्णय लिएको बताएका हुन् । 

अब कोहलीले एकदिवसीय र टेस्टमा मात्रै भारतीय टोलीको कप्तानी गर्नेछन् । 

कोहलीले हाल क्रिकेटका तीनै संरचनामा भारतीय टोलीको कप्तानी गरिरहका छन् । त्यस्तै टोलीका उपकप्तानमा रोहित शर्मा छन् । 

कोहलीको कप्तानीमा भारतले ६५ टेस्टमा ३८ जित निकालेको छ ।
यस्तै ९५ एकदिवसीयमा ६५ जित निकाल्दा ४५ ट्वान्टी २० मा २९ जित निकालेको छ ।